प्रहरी प्रशासनबारे जानकार विज्ञहरूका अनुसार अब रवि लामिछानेविरुद्धको मुद्दाको अनुसन्धान प्रहरीले अगाडि बढाउने सम्भावना छैन। नवराज सिलवालको विषयमा पनि यस्तै भएको थियो।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले शपथ ग्रहण गरेलगत्तै निवर्तमान प्रधानमन्त्री देउवा शपथ ग्रहणस्थलबाट बाहिरिएका छन्।
उपप्रधानमन्त्री र अर्थमा एमालेबाट विष्णु पौडेल, नेकपा माओवादी केन्द्रबाट उपप्रधानमन्त्रीसहित यातायातमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्रीसहित गृहमा रवि लामिछानेले शपथ लिएका छन्।
राष्ट्रपतिले सरकार गठनका लागि दिएको समयसीमा भित्र आइतबार देउवाले आफूलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियक्ति गर्न माग गर्दै दाबी पेस गरेका थिए।
जनमत पार्टीका अध्यक्ष सीके राउतले आफू मन्त्रीका लागि योग्य नभएको बताए। उनले पार्टीले योग्य व्यक्तिलाई छानेर सरकारमा पठाएको बताए।
१ वर्ष ६ महिना गृह मन्त्रालयको नेतृत्व गरेका बालकृष्ण खाँणले सफलतापूर्वक मन्त्रालयको कार्यभार सम्हालेको दाबी गरेका छन्। स्थानीय तह र आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा आफू खुसी रहेको उनले बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले उपप्रधानसहित गृहमन्त्रीमा आफ्नो दाबी रहेको बताएका छन्।
नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेलेको नेतृत्वमा चार जना मन्त्रीले शपथ लिने भएका छन्।
सत्ता गठबन्धन रवि लामिछानेलाई उपप्रधानमन्त्री दिन सहमत भएको छ।
ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण ज्येष्ठ नागरिकमा शुभकामना व्यक्त गर्दै उनीहरू ज्ञान र प्रेरणाका पुञ्ज रहेको बताएकी छन्।
रास्वपा पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ।
नेकपा माओवादीको पदाधिकारी बैठकले नेपाली कांग्रेसले विश्वासघात गरेपछि नयाँ गठबन्धन बनाउनु परेको निष्कर्ष निकालेको छ।
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनमा सहभागी दलहरूबाट एक-एक जना मन्त्री सहभागी गराई मन्त्रिपरिषद् गठनको तयारी गरेका छन्।
प्रचण्ड नेतृत्वमा गठन हुन लागेको नयाँ सरकारमा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका हुन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठनमा सहमति भएपछि बनेको गठबन्धन बैठकले सरकार गठन लगायत अबको रणनीतिका बारेमा छलफल गर्नेछ।
राष्ट्राध्यक्षले अध्यादेश जारी गर्दा संविधान उल्लंघन भए पनि त्यसको जिम्मेवारी सरकार र संसद्ले लिनुपर्ने विज्ञहरूले बताएका छन्।
कांग्रेसले आकलन नगरेको अडानले आइतबार राजनीतिमा जस्तो उथलपुथल ल्यायो, बालकोटको बार्दलीबाट त्यसको पटाक्षेप गराउने ओली–दाहाल पुनर्मिलन सम्भव तुल्याउन एमाले–माओवादी नेताहरू पर्दापछाडि उसैगरी सक्रिय थिए।
संघीय सरकारका लागि नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्री मात्र नभई कांग्रेसले राष्ट्रपति, सभामुखलगायत पद त गुमाउने नै छ, सबै प्रदेशमा प्रतिपक्षमा धकेलिने निश्चित भएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अग्रसरतामा नयाँ गठबन्धन बनेपछि समाजवादीले यस्तो निर्णय गरेको हो।