AnonymousUser

Logout

प्रधानमन्त्री टुंगो लगाउन बालुवाटारमा देउवा र दाहालकाे ‘वान अन वान’ वार्ता 

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी नेपाली कांग्रेसका शीर्ष नेताहरूसँग छलफल गरेलगत्तै अहिले बालुवाटारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग ‘वान अन वान’ वार्ता गरिरहेका छन्।

राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको समय आज सकिँदै

सरकार गठनका विषयमा सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै छ। 

सरकार गठनका विषयमा छलफल गर्न गठबन्धनको बैठक बस्दै 

गठबन्धन दलहरूबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भए पनि कसले पहिले गर्ने भन्ने टुंगो लागेको छैन।

देउवालाई दाहालको प्रश्न– पहिला मलाई प्रधानमन्त्री बनाउने सहमति किन तोड्दै हुनुहुन्छ?

सत्ता गठबन्धनको बैठकमा माओवादी केन्द्रका अध्यक्ष दाहालले आफूलाई पहिला प्रधानमन्त्री बनाउने पूर्वसहमति नतोड्न कांग्रेस सभापति देउवालाई चेतावनीका छन्।

‘आज कि भोलि’को अवस्थाका मन्त्रीहरूको ध्याउन्न कर्मचारी सरुवामा

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दलहरूलाई आह्वान गरिसकेको अवस्थामा पनि कामचलाउ सरकारका मन्त्रीहरू नियम कानूनविपरीत कर्मचारी सरुवा र नियुक्तिमा केन्द्रित भएका छन्।

प्रधानमन्त्रीको दौडमा रहेका दाहाललाई ओलीले भने – निर्णय गर्न ढिलाइ गर्नुभयो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको इच्छा गरिरहेका माओवादी केन्द्रका अध्यक्ष दाहालले निर्णय लिन ढिलाइ गरेको बताएका छन्।

सीके राउत सरकारमा सहभागी हुने, मधेशमा कांग्रेसलाई सघाउने

कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुन र मधेश सरकार गठनमा सघाउन सीके राउत सहमत भएका छन्।

बालुवाटारमा देउवाले बोलाए पार्टीका सांसदको भेला

सरकार गठनबारे धारणा बुझ्न कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार मध्याह्न साढे १२ बजे पार्टीका सांसदहरूको भेला बोलाएका छन्।

गठबन्धन रहँदा वा भत्कँदा के हुन्छ? यस्तो हुने छ संघ र प्रदेशको सम्भावित परिदृश्य

प्रधानमन्त्रीमा देउवा र दाहाल दुवैको दाबीले सत्ता समीकरण मात्र अन्योलपूर्ण बनाएको छैन, गठबन्धनको भविष्यसँगै संघदेखि प्रदेशसम्म देखापर्ने सम्भावित भिन्न परिदृश्यसमेत आकलन गर्न थालिएको छ।

कांग्रेस कर्णाली प्रदेशसभा दलको नेतामा जीवनबहादुर शाही सर्वसम्मत

मंसिर ४ गते सम्पन्न निर्वाचनमा हुम्ला प्रदेशसभा (ख) बाट निर्वाचित शाही कर्णाली प्रदेश सरकारको बहालवाला मुख्यमन्त्री हुन्।

प्रधानमन्त्रीमा देउवा र दाहालको अडान कायमै, थप विषयमा छलफल हुन सकेन

सत्ता गठबन्धनको बैठकमा देउवा र प्रचण्डले प्रधानमन्त्रीमा आ-आफ्नो अडान कायमै राख्दा पावर सेयरिङका विषयले प्रवेश नै पाएन।

सरकारमा जान किन आतुर देखिँदैछन् रवि लामिछाने?

निर्वाचनताका सरकारमा नजाने बताएका राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका सभापति रवि लामिछाने पछिल्ला केही दिनयता सरकारमा जान आतुर देखिएको तिनकै गतिविधिले देखाइरहेका छन्।

स्वतन्त्र सांसद लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

स्वतन्त्र सांसद लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। उनी प्रवेश गरेसँगै प्रतिनिधिसभामा नागरिक उन्मुक्तिका ४ सांसद पुगेका छन्।

३ स्वतन्त्र सांसद सरकारमा जान इच्छुक, सत्ता गठबन्धनलाई बहुमत

सत्ता गठबन्धनले बनाउने नयाँ सरकारलाई तीन जना स्वतन्त्र सांसद प्रभु साह, किरणकुमार साह र योगेन्द्र मण्डलले समर्थन गर्ने भएका छन्। अर्का सांसद अमरेशकुमार सिंहले भने तत्काल निर्णय नगरेको बताएका छन्।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले दिए पदबाट राजीनामा

बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता बद्रीबहादुर पाठकले पाण्डेले प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाइसकेको जानकारी दिए।

प्रकाशमानमार्फत प्रचण्डलाई देउवाको सन्देश- दुई वर्ष प्रधानमन्त्री दाबी नगरिदिनुहोस्

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दुई वर्षका लागि सरकारको नेतृत्व आफूलाई दिन आग्रह गर्दै कांग्रेस नेता प्रकाशमान सिंहमार्फत् सन्देश पठाएका छन्।

माओवादी केन्द्र : प्रचण्ड संसदीय दलको नेता, प्रमुख सचेतकमा हितराज पाण्डे 

नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष दाहाललाई संसदीय दलको नेताका रूपमा चयन गरेको छ।

चोलेन्द्र शमशेरविरुद्धको महाभियोग आगामी संसदमा छलफल हुन्छ : गगन थापा

सांसद तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ संसद्‌ले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगमाथि छलफल गर्ने बताएका छन्।

स्थिरताका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाओस्: राजेन्द्र लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा स्थिरताका लागि नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने धारणा राखेका छन्।

प्रचण्डले भने– प्रधानमन्त्री को बन्ने सल्लाह गर्दैछौँ, राष्ट्रपतिबारे अहिले नसोध्नुस्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सत्तारूढ गठबन्धनकै सरकार बन्ने, तर नेतृत्व कसले गर्ने भन्नेबारे छलफल भइरहेको बताएका छन्।