राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।
आइतबार साँझ राष्ट्रपति भवन शीतल निवास पुगेर दाहालले १६६ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन्।
भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका गुरुङ तथा हत्या अभियोगमा फरार सूचीमा कोइरीलाई संसद सचिवालयले निलम्बन गरेको हो।
आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको एमालेसहितका दलहरूको बैठकले दाहाललाई प्रधानमन्त्रीमा अघि सार्ने निर्णय गरेको हो।
अष्टलक्ष्मी शाक्यको नाम यसअघि पनि राष्ट्रपतिका रूपमा चर्चामा थियो भने ओलीका विश्वासपात्र मानिने सुवास नेम्वाङले राष्ट्रपतिका लागि पहिलेदेखि नै चाहना राख्दै आएका छन्।
बालकोटमा एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीको गठबन्धन बनेको हो।
बालकोटमा बसेको नेकपा एमालेसहितका पाँच पार्टीको बैठकले यस्तो निर्णय गरेको हो।
देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरी मिलेर जान आग्रह गरेका हुन्।
नयाँ सरकार गठनका लागि ४ दलीय छलफल चलिरहँदा राउत पनि बालकोट पुगेका हुन्।
बालकोटमा ओलीले आफूहरूलाई मिलेर सरकार बनाउन गरेको प्रस्तावबारे पार्टीमा छलफल शुरू गरेको जसपाका नेता अशोक राईले बताए।
प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेकपा एमालेले मिलेर सरकार बनाउन आग्रह गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी आन्तरिक छलफलमा जुटेको छ।
बैठकमा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा)का नेताहरू सहभागी छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन्।
सत्ता गठबन्धन फुटको संघारमा पुगेपछि प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेकपा एमाले सक्रिय भएको छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन फुटको अवस्थामा पुगेको बताएका छन्। कांग्रेस र माओवादीका शीर्ष नेताले आआफ्नो अडान नछोडेपछि गठबन्धन संकटमा परेको उनले बताए।
सत्ता गठबन्धनको बैठकमा पहिले प्रधानमन्त्री को बन्ने भन्ने विषय टुंगो नलागेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारबाट बाहिरिएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न आफूले दिएको समयसीमाभित्र कसैको दाबी नपरे अल्पमतको सरकार गठनका लागि प्रक्रिया अघि बढाउने तयारी गरेकी छन्।
बालुवाटारमा जारी गठबन्धनको बैठकमा माओवादी र एकीकृत समाजवादीले प्रधानमन्त्री, राष्ट्रपति र सभामुख तीन पार्टीले बाँडफाट गर्नुपर्ने अर्को प्रस्ताव राख्ने भएका छन्।
नेकपा माओवादी केन्द्रका पदाधिकारीहरूको बैठकले माओवादीलाई पहिले प्रधानमन्त्री नदिए वर्तमान सत्ता गठबन्धन छाड्ने निर्णय गरेको छ।
प्रधानमन्त्रीको टुंगो लगाउन सत्ता गठबन्धन दलहरूको बैठक बालुवाटारमा शुरू भएको छ।