AnonymousUser

Logout

संसद् विघटन नगरेको भए वामपन्थी आन्दोलन ध्वस्त हुन्थ्यो: ओली

प्रतिनिधिसभा विघटन त्यस बेलाको अपरिहार्यता भएकाले सो कदम राजनीतिक, संवैधानिक र संसदीय भएको एमाले अध्यक्ष ओलीको भनाइ छ।

सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय आयोग नबनाउने गठबन्धनको निर्णय

सत्तारुढ गठबन्धनले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग नबनाइ सीआईबीलाई नै अनुसन्धान निष्कर्षमा पुर्‍याउन दिने निर्णय गरेको छ।

सरकार संसद्को भूमिकालाई निस्तेज पार्न चाहन्छ : एमाले

एमाले सचेतक महेश बर्तौलाले आफ्नो पार्टीका मागका सम्बोधन नगरी सरकारले जबरजस्ती अनुचित अडान लिएका कारण संसद् बैठक चल्न नसकेको बताएका छन्।

सभामुखले प्रतिनिधिसभा बैठक आफूअनुकूल चलाएको रास्वपाको आरोप

रास्वपा सभापति रवि लामिछानेले बन्द कोठामा बनाइएको योजनाअनुरूप सभामुखले संसद् बैठक चलाएको बताएका छन्।

सुन तस्करी प्रकरणको अनुसन्धानमा ढिलाइले नै सरकारको संलग्नता पुष्टिः एमाले

सुन तस्करी प्रकरणको उच्चस्तरीय न्यायिक समिति बनाइ जरैसम्म पुगेर अनुसन्धान नभए अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि नराम्रो हुनुका साथै भूराजनीतिमा समेत असर पर्ने एमालेको भनाइ छ।

सरकारका कदमले प्रतिक्रियावादीमा आतंक सिर्जना भएको छ: प्रधानमन्त्री

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारसम्बन्धी कामले सरकार अप्ठ्यारोमा पर्दै छ भन्ने हल्ला सही नभएको दाबी गरे।

सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीबाट गर्नुपर्छ : कांग्रेस

कांग्रेसले सुन तस्करी प्रकरणको सीआईबीलगायत सरकारी निकायमार्फत निष्पक्ष छानबिन गराई घटनामा संलग्न जोसुकै भए पनि कानूनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ।

कार्यसूचीमा प्रवेश नगरी प्रनिनिधिसभाको बैठक आइतबारसम्म स्थगित

कार्यसूचीमा प्रवेश नगरी प्रतिनिधिसभाको बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ।

कांग्रेसले अवरुद्ध संसद् खुलाउन पहल गर्ने

सत्तारूढ दल कांग्रेसले लामो समयदेखि अवरुद्ध संघीय संसद्का दुवै सदन सञ्चालन गर्न पहल गर्ने भएको छ।

बालुवाटारको ७ रोपनी जग्गा फिर्ता गराएको छु, छानबिन होस्ः माधव नेपाल

युरोप भ्रमणमा जाने अघिल्लो दिन सर्वोच्च अदालतले आफूमाथि अनुसन्धान गर्न आदेश दिएको, तर पूर्वनिर्धारित कार्यक्रम भएकाले उता गएपछि सञ्चारमाध्यमहरूले आफू भागेको भ्रम फैलाएको अध्यक्ष नेपालले बताए।

नवनियुक्त मन्त्री अनिता देवीले लिइन् शपथ

जनमत पार्टीबाट प्रतिनिधिसभा सदस्य रहेकी अनिता देवीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको शपथ लिएकी छन्।

सुन तस्करीमा सरकारको कुनै तह संलग्न भएको आशंका, उच्चस्तरीय न्यायिक समिति गठन गर्नुपर्ने अडानमा यथावत्

ओलीले पत्रकार सम्मेलनमा जुनसुकै तहको भए पनि सरकारको संलग्नताबिना १०० किलो सुन तस्करी प्रकरण सम्भव नै नभएको दाबी गरे। सरकारले लिएको अडानबाट त्यो प्रष्ट हुने उनले बताए।

सुन प्रकरणमा नाम जोडिएका माओवादी नेतामाथि पनि अनुसन्धान गर्न प्रधानमन्त्रीलाई प्रदीप पौडेलको चुनौती

सांसद पौडेलले कांग्रेस संसदीय दलको बैठकले सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय संयन्त्र बनाउने निर्णय गर्नुपर्ने र सो निर्णय प्रधानमन्त्रीले नमाने सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने बताए। 

अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

माओवादी केन्द्रले संघीय मामिलामन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ।

सरकार ढाल्ने, अर्को बनाउने छलफल गरेका छैनौँ : रमेश लेखक

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय दलको बैठकमा सरकार बदल्ने छलफल नभएको बताएका छन्।

एमालेको चिन्ता सरकारको होइन, देशको हो: ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले भयावह ढंगले देशको अर्थतन्त्र, सुशासन, शासकीय, प्रशासकीय संरचना र मूल्यमान्यतामाथि प्रहार भइरहेको बताएका छन्।

ओली भन्छन्– चुरोट भनेर ल्यायो सुन हुन्छ, सुन भनेर राख्यो चोरी हुन्छ

एमाले अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरण बाहिर आइसकेपछि गृहमन्त्रीले नैतिक रूपमा जिम्मेवारी लिएर राजीनामा दिनुपर्नेमा सदनमा आएर बोलेको भन्दै असन्तुष्टि जनाए।

सरकार विपक्षीप्रति प्रतिशोध साँध्ने बाटोमा लाग्यो: ओली

एक क्विन्टल सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग ओलीले दोहोर्‍याएका छन्।

प्रतिशोधको राजनीति नगर्न प्रधानमन्त्रीलाई ओलीको चेतावनी

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पाकिस्तानी शैलीको प्रतिशोधको राजनीति नगर्न चेतावनी दिएका छन्। 

‘सरकार निश्चित कार्ययोजनासहित अघि बढेको छ, स्थिरतामा शंका गर्नुपर्दैन’

उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले नागरिकलाई केन्द्रमा राखेर काम गर्दा कसैले पनि अप्ठ्यारो मान्नुपर्ने र निधार खुम्च्याउनु पर्ने अवस्था नरहेको बताए।