संघीय संसद्का दुवै सदनमा भएको गतिरोध अन्त्यका लागि आफूले निरन्तर पहल गरिरहेको प्रधानमन्त्री दाहालले बताएका छन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार एकातिर भ्रष्टाचारविरुद्ध कारबाही गरेको जस्तो देखाउने र अर्कोतिर भ्रष्टाचारीको संरक्षण गरेर सत्ता टिकाउने काममा लागेको बताएका छन्।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकलाई सुशासन स्थापित गरेर अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थापाले भदौ १३ गतेभित्र विश्वासको मत लिनुपर्नेछ। ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याएर १८ घण्टाको लोडसेडिङ अन्त्य गरी देशलाई उज्यालोतर्फ अघि बढाएको प्रधानमन्त्रीको दाबी छ।
सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरेर सहमति जुटाउन सभामुख घिमिरेले प्रधानमन्त्री दाहालसँग अनुरोध गरेका छन्।
सर्वोच्च अदालतले प्रधानमन्त्री दाहालसहित तत्कालीन माओवादी नेताविरुद्धको रिट निवेदनको पेसी असोज १५ गतेलाई तोकिएको छ।
प्रदीप गिरिको पहिलो स्मृति दिवसमा ‘लोक एवं लोकतन्त्र सेतु गाथा’ नाम दिएर काठमाडौँदेखि काशीसम्मको चारदिने यात्रा गर्न लागिएको छ।
लम्पी स्किन रोग लागेर पशु मरेपश्चात् किसानलाई ठूलो क्षति भए पनि सरकारले त्यसको सम्पूर्ण क्षतिपूर्ति दिन नसक्ने कृषिमन्त्री डा. वेदुराम भुसालको भनाइ छ।
प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले सत्ता पक्ष र विपक्षको लडाइँका कारण लोकतन्त्र रहन्छ कि रहँदैन भन्ने शंका उब्जिएको बताए।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा काठमाडौँ जिल्ला अदालतले पीडित किशोरीकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको छ।
कांग्रेस सांसद अर्जुननरसिंह केसीले सरकारको मिलेमतोबिना विमानस्थलबाट सुन बाहिरिन नसक्ने बताएका छन्।
प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या नपुग्दा बस्दै नबसी स्थगित भएको छ।
एमालेको साउन २९ गतेको सचिवालय बैठकले पार्टी तथा मातहतका सार्वजनिक कार्यक्रमलाई छरितो र व्यवस्थित बनाउन पाँच बुँदे मापदण्ड बनाएको छ।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार भएको भेटमा संसद्मा भइरहेको अवरोध र समसामयिक राजनीतिबारे कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
सदनको गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दललगायत संसद्मा प्रतिनिधित्व गर्ने दलसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
ज्येष्ठ सदस्य गयानन्द मण्डल कृषि राज्यमन्त्री नियुक्त भएको र उनको शपथसमेत भइसकेको कोशी प्रदेश कांग्रेस संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले बताए।
भूउपयोग नियमावली पारित भएसँगै जग्गा कित्ताकाटबारे जनताले भोग्नुपरेको झमेला अबका दिनदेखि समाधान हुने भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको भनाइ छ।
माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले चिनियाँ नागरिकसँग फोनमा सुन तस्करीका विषयमा कुराकानी नभएको दाबी गरेका छन्।
दलित समुदायमाथिका विभेद र उत्पीडन अन्त्यका लागि समितिले तयार पारेका कार्ययोजना कार्यान्वयन गर्न पनि सरकारलाई सचेत गराएको छ।