शुरूमा किर्तेमा अनुसन्धान अघि बढाएको सीआईबीले असार १९ मा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गर्दै संगठित रूपमा किर्ते भएको भन्दै संगठित अपराध मुद्दामा अनुसन्धानका लागि अनुमति लिएको थियो।
यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो।
कांग्रेस सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनले निम्त्याएका विपद् न्यूनीकरणका लागि नेपालले आवश्यक कदम चाल्न ढिलाइ गर्न नहुने बताएका छन्।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले सुनकाण्डबारेको सर्वदलीय बैठकमा राष्ट्रिय मान्यताप्राप्त गरेको छैन भन्ने आधारमा टेकेर एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीलाई सहभागी हुन नदिएको आरोप लगाएका छन्।
प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्थाअनुसार संसदीय समितिमा सभामुखले तोकेको दिन सभापतिको निर्वाचन हुने र त्यसको सूचना सचिवले ४८ घण्टाअगावै प्रकाशन गर्नुपर्ने प्रावधान छ।
एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले संविधानको रक्षा गर्ने भन्ने सत्तागठबन्धनले बारम्बार संविधान मिचिरहेको टिप्पणी गरेका छन्।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारले कमजोरीलाई सुधारेर देशभर सुशासनका लागि विशेष अभियान चलाउने तयारी गरिरहेको बताएका छन्।
रास्वपा सभापति रवि लामिछानेले सामाजिक द्वन्द्व भड्काएर अनियमितता ढाकछोप गर्ने काम भइरहेको भन्दै सचेत हुन आग्रह गरेका छन्।
कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने कामको आरोप लगाएका छन्।
संघले अनलाइन तथा नेपाली दूतावास वा महावाणिज्य दूतावासबाटै नागरिकता प्राप्तिका लागि निवेदन दिन मिल्ने व्यवस्था गर्नुपर्नेलगायत सुझाव गृह मन्त्रीसमक्ष प्रस्तुत गरेको छ।
रास्वपाले निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि विनियोजन विधेयकमा सरकारले छुट्याएको बजेटबारे सर्वोच्च अदालतबाट आएको आदेशको स्वागत गर्ने निर्णय गरेको छ।
प्रतिगामी शक्तिका विरुद्ध र जनतालाई समाजवादको यात्राका डोर्याउन समाजवादी मोर्चा बनाएको प्रधानमन्त्री दाहालको भनाइ छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगरपालिका क्षेत्रभित्र शुक्रबार राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको छ।
शनिबारदेखि सिरहाको अम्बासमा बस्ने भनिएको एमाले सचिवालय बैठक प्रतिकूल मौसमका कारण स्थगित भएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जनाएका छन्।
रक्षामन्त्री पूर्णबहादुर खड्काले देशमा कुनै पनि बाहनामा साम्प्रदायिक द्वन्द्व भड्काउन खोज्ने तत्त्वप्रति आमनागरिक, तिनै तहका सरकार र सबै राजनीतिक दलसमेत सचेत हुनुपर्ने बेला आएको बताएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तागठबन्धनको अलोकतान्त्रिक र असंवैधाािनक क्रियाकलापका कारण कोशीमा अस्थिरता आएको आरोप लगाएका छन्।
एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नयाँ पार्टीहरूप्रति लक्षित गर्दै अहिले ओलीभन्दा पनि १० हातमाथि गएर निन्दा र भर्त्सनामा उत्रिनेहरू आएको टिप्पणी गरेका छन्।
बैठकले तमोर जलविद्युत् आयोजनाको विस्तृत अध्ययन गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको संयोजकत्वमा उच्चस्तरीय समिति पनि गठन गरेको छ।
एकीकृत समाजवादीले एमसीसी सम्झौताको कार्यान्वयनको अनुगमन गर्न र जनतालाई सुसूचित गर्न समिति बनाउने निर्णय गरेको छ।
मन्त्रिपरिषद् बैठकले काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको विस्तृत आयोजना प्रतिवेदन परिमार्जन गर्न स्वीकृति दिने लगायतका निर्णय गरेको छ।