AnonymousUser

Logout

कोशीमा मुख्यमन्त्री नै पाएका थियौँ, संसदीय समितिसँग लेनदेन भन्नेकुरा झुटो होः राजेन्द्र लिङ्देन

पछिल्लो समय बहुसंख्यक जनताको आस्थामा चोट पुग्ने काम भइरहेको अध्यक्ष लिङ्देनले बताएका छन्।

अर्थतन्त्र सोचेजसरी चलायमान हुन सकेन: प्रधानमन्त्री

सरकार र सरकारको नीतिप्रति नै व्यवसायी ढुक्क हुन नसकेको प्रधानमन्त्री दाहालको भनाइ छ।

‘भ्रष्टाचारका काण्डमार्फत भइरहेको सत्ता बार्गेनिङ रोक्न समान धारणा भएकाहरू एकैठाउँ आऊँ’

कांग्रेस महामन्त्री गगन थापा भ्रष्टाचारका काण्डहरू सार्वजनिक भए पनि ठूलाहरूले चर्को बोल्ने, एक अर्कालाई तर्साउने, तर बिस्तारै बन्द कोठामा बसेर सामसुम बनाउ‍ने काम भइरहेको बताउँछन्।

गिरीबन्धु टी–स्टेट, यति, ओम्नीसहित सबै प्रकरणको छानबिन गर्न सरकारलाई ओलीको चुनौती

एमाले अध्यक्ष केपी शर्मा ओलीले ललितानिवास प्रकरणमा आफ्नो पार्टीलाई आरोप लगाउनेहरू अहिले आफैँ भागाभागमा परेको टिप्पणी गरे।

प्रधानमन्त्री भन्छन्– मन्त्री र सचिवहरूमा निर्णय गरे अदालत जानुपर्छ कि भन्ने आतंक छायो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऐन, कानून र परम्पराको डोरीमा बाँधिएर परिणाममुखी काम गर्न नसकिएको बताएका छन्।

मुख्यमन्त्रीहरूको प्रश्न: संघीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा किन ढिलाइ?

मुख्यमन्त्रीहरूले प्रदेश सरकारलाई सबल नबाई र हालकै अवस्थामा चल्ने अवस्था सिर्जना भए थप जटिलता पैदा हुने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

मधेशप्रति न्याय गर्न उद्योग समिति सभापतिबाट पछि हट्यौँ: रास्वपा

रास्वपा सांसद गणेश पराजुलीले मधेशप्रतिको न्यायका लागि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिको उम्मेदवारीबाट पछि हटेको बताएका छन्।

उद्योग समितिको सभापतिमा जनमत पार्टीका खान निर्विरोध निर्वाचित

रास्वपाका गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि जनमत पार्टीका खान सर्वसम्मत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति निर्वाचित भएका छन्।

राज्य व्यवस्था समितिमा सुनकाण्डलगायत सबै विषयमा छलफल हुन्छ : रामहरि खतिवडा

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा निर्वाचित भएका रामहरि खतिवडाले सुन तस्करी प्रकरणलगायत सबै विषयमा समितिमा छलफल हुने बताएका छन्।

दाहाल सरकारको ६ महिना : भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता उपलब्धिमूलक भएको दाबी

दाहाल सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई तीनै तहको सरकारमा कडाइसाथ कार्यान्वयन गरेकोदेखि भ्रष्टाचारसम्बन्धी विभिन्न २८ वटा मुद्दा दर्ता गराएकोसम्मलाई ६ महिनाको उपलब्धिका रूपमा लिएको छ।

निर्वाचनसम्बन्धी विधेयकको मस्यौदा छिटो पारित गराउन दबाब आवश्यक : प्रमुख निर्वाचन आयुक्त

विधेयकको मस्यौदामा ‘भोट हाल्दिनँ’ भन्ने नागरिकको अधिकारलाई सुनिश्चित हुने गरी मतपत्रमै भोट हाल्दिनँ भन्ने संकेतसहितको चुनावचिह्न समावेश गर्ने प्रस्ताव गरिएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए।

आज संसदीय समितिमा नेतृत्व चयन हुँदै

प्रतिनिधिसभा मातहतका १० विषयगत समितिले नयाँ कार्यकालका लागि आजदेखि  नेतृत्व पाउँदैछन्।

सभामुखजस्तै शक्ति अभ्यास गर्न पाउने ‘मिनि संसद्’का सभापतिहरू

प्रतिनिधिसभा नियमावलीले विषयगत समितिका सभापतिहरूलाई पनि सभामुखजस्तै शक्तिशाली बनाएको छ। त्यो शक्ति अभ्यास गर्ने ठाउँमा को–को पुग्दैछन्?

देशमा सुशासन र समृद्धि ल्याउन राष्ट्रिय सहमति आवश्यक: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले देशलाई स्थिरता, स्थायित्वका साथै समृद्धि र सुशासनको नयाँ यात्रामा लैजानुका लागि राष्ट्रिय सहमति बनाएर अघि बढ्ने प्रयास गरिरहेको बताएका छन्।

आन्तरिक विषयलाई लिएर कसैलाई ताली बजाउने अवसर नदिऊँ: ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक समस्या निरूपण नगरी हेरेर बस्नेहरूलाई ताली बजाउने मौका दिन नहुने बताएका छन्।

सरकार ठोस नीति लिएर अघि बढ्न सकेन : झलनाथ खनाल

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकारले बजेट, नीति तथा कार्यक्रम परम्परागत विधिबाट नै ल्याएको र जनताको आवश्यकताका आधारलाई अघि बढ्न नसकेको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाअन्तर्गतका १० समितिका सभापतिमा ११ जनाको उम्मेदवारी

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा दुई जनाको उम्मेदवारी परेको छ। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका आरजु राणा देउवाको उम्मेदवारी परेको छ।

माओवादी केन्द्रले गठन गर्‍यो आईसीटी फोरम

माओवादी कन्द्रको तीनमहिने अभियान कति सफल हुन्छ भन्ने कुरा सूचना प्रविधिको प्रयोगमा भर पर्ने बताउँदै सोही अनुरूप काम गर्न नवगठित आईसीटी फोरमलाई अध्यक्ष दाहालले निर्देशन दिए।

इन्जिनियरिङ अध्ययन संस्थानको शुल्कवुद्धि फिर्ता गर्न माग गर्दै बालुवाटारमा प्रदर्शन

सबै विश्वविद्यालयको इन्जिनियरिङ शिक्षामा एउटै मापदण्ड तय गरी एकरूपता ल्याउनुपर्ने, शुल्कवृद्धि फिर्ता लिनुपर्नेलगायत सातबुँदे माग राख्दै विद्यार्थी आन्दोलित भएका छन्।

लेखा र महिला समितिमा एमाले तथा पूर्वाधारमा राप्रपाको उम्मेदवारी

पूर्वाधार विकास समितिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपककुमार सिंहले उम्मेदवारी दिएका छन्। उनको प्रस्तावकमा माधव सापकोटा र समर्थकमा प्रेमबहादुर महर्जन छन्।