सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न शुक्रबार दिउँसो ३ बजेभित्रमा प्रतिनिधिसभाका सचिवसमक्ष लिखित रूपमा पेश गर्न आग्रह गरेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा अहिले नै उच्चस्तरीय आयोग गठन गरेर अनुसन्धान थाल्न सरकार तयार हुन नसकेको टिप्पणी गरेका छन्।
सांसदहरूले श्रमिकको बढेको पारिश्रमिक पाउने वातावरण बनाउनुपर्ने, त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ कलेजको शुल्क बढाउने निर्णय फिर्ता लिनुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूको बैठकले भदौ ११ गते १० वटै विषयगत समिति सभापतिको निर्वाचन गर्ने निर्णय गरेको छ।
मुख्यमन्त्री थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै एमाले संसदीय दलका नेता हिक्मत कार्कीले बुधबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।
सांसद आफैले आफ्नो संसदीय निर्वाचन क्षेत्रको पूर्वाधार विकासको लागि रकम छुट्याउँदा स्वार्थ बाझिने आदेशमा उल्लेख छ।
काठमाडौँ– संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याइएको रकम खर्च नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। सर्वोच्च अदातलका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह रावतको संवैधा…
छानबिन समितिको गठन गर्ने निर्णयको विषयमा पनि असन्तुष्टि व्यक्त गर्दै भने,–'ठिक छ, समिति बन्ला तर विगतमा गरेका समितिहरूले के गरे ?'
विभिन्न अनियमितता प्रकरणमा भएका अनुसन्धानको प्रतिवेदनदेखि प्रतिवेदनमा गएर अल्झिने र अनुसन्धान रोक्ने काम नगर्न पनि उनले आग्रह गरे।
भदौ ४ मा थापाले नियमविपरीत विश्वासको मत लिएकाे भन्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले बुधबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन्।
सुन तस्करी छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउन राष्ट्रिय मान्यताप्राप्त ७ दलबीच औपचारिक सहमति भएसँगै प्रतिनिधिसभा बैठक सुचारु भएको हो।
दलहरूबीच अहिलेसम्म भएका सुन तस्करीबारे भएका छानबिनको अध्ययन र तस्करी नियन्त्रणका लागि कानूनी र संरचनागत सुधारबारे सिफारिस गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको हो।
मन्त्रिपरिषद् बैठकमा सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने विषयमा भने छलफल नभएको मन्त्री शर्माले जानकारी दिइन्।
कांग्रेसले वर्षा, बाढीपहिरो, डेंगी तथा आँखा पाक्ने रोगबाट व्यक्ति र समुदाय प्रभावित भएकाले उनीहरूको सेवामा जुट्न पार्टी संगठनहरूलाई आह्वान गर्दै ‘समुदायमा कांग्रेस’ कार्यक्रम स्थगित गरेको छ।
मंगलबार राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित समारोहमा नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्।
नेकपा एमाले राष्ट्रियसभा संसदीय दलका नेता देवेन्द्र दाहालले सरकारले समयमै ध्यान नदिँदा राष्ट्रिय महत्त्वका हरेक सवालहरू ओझेलमा पर्ने गरेको बताए।
एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले मंगलबार समय अभावका कारण सर्वदलीय बैठक बुधबार बस्ने गरी स्थगित भएको जानकारी दिए।
मंगलबारका लागि डाकिएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर संसद् सचिवालयले बुधबार ३ बजेसम्म स्थगित भएको जनाएको छ।
सुन तस्करी छानबिनका लागि बनाउने उच्चस्तरीय समितिको प्रारम्भिक मस्यौदा तयार भएको माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले बताएका छन्।
संविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धन गर्न संविधानले राष्ट्रपतिलाई दिएको अधिकार मात्र प्रयोग गरेको राष्ट्रपति पौडेलको भनाइ छ।