नेपालले पहिलो पदक जितेको अन्तर्राष्ट्रिय प्रतियोगिता एशियाली खेलकुदमा ‘सेभ दि मिसन’ हुँदाको अनुभवलाई पनि क्षेत्रीले आफ्नो पुस्तकमा समेटेका छन्।
काठमाडौँ– पुराना खेलकर्मी तथा मिस नेपालको आयोजक हिडन ट्रेजरका पूर्वअध्यक्ष सुवर्ण क्षेत्रीको संस्मरण ‘सपना, विश्वास र अठोट’ लोकार्पण गरिएको छ।
पुस्तकको बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा उद्योगी एवं साहित्यकार वसन्त चौधरी, प्रथम मिस नेपाल रुवी राणा, जेसिज नेपालका पूर्वअध्यक्ष गजेन्द्र श्रेष्ठ, वरिष्ठ पत्रकार पी. खरेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वकोषाध्यक्ष विष्णुगोपाल श्रेष्ठ, प्रकाशक टीएस ठकुरी र पुस्तकका सम्पादक जनक नेपालले संयुक्त रूपमा विमोचन गरेका हुन्।
चौधरीले ४ दशकदेखिको आफूहरूको सम्बन्धलाई स्मरण गरेका थिए। राखेप पूर्वकोषाध्यक्ष श्रेष्ठले शरदचन्द्र शाहको नेतृत्वमा आफूहरू खेलकुद विकासमा प्रतिबद्ध भएर लागेको स्मरण गरे।
वरिष्ठ पत्रकार खरेलले खेलकुदको सदस्य–सचिव शाहको नेतृत्वमा क्षेत्रीलगायतको कार्यकाल स्वर्णिम रहेको र त्यति बेला खेलकुद पत्रकारिताले केही आकार लिएको बताए। पुस्तकका सम्पादक नेपालले क्षेत्रीको जीवनयात्रा रोचक र प्रेरणादायी रहेको उल्लेख गर्दै संस्मरणले युवापुस्तालाई सकारात्मक उत्साह भर्ने बताए।
कार्यक्रममा क्षेत्रीले आफ्नो जीवनको उतारचढावलाई पुस्तकमा समेटिएको बताए। प्रकाशक ठकुरीले क्षेत्रीको यात्रा नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने सक्ने उल्लेख गरे।
पुस्तकमा खेल पत्रकारिता, नेपाली खेलकुद, जेसिज यात्रा र मिस नेपाल प्रतियोगिताको संस्थापकका रूपमा उनका अनुभवहरू प्रस्तुत गरिएको छ। नेपालले पहिलो पदक जितेको अन्तर्राष्ट्रिय प्रतियोगिता एशियाली खेलकुद (एशियाड)मा ‘सेभ दि मिसन’ हुँदाको अनुभवलाई पनि क्षेत्रीले आफ्नो पुस्तकमा समेटेका छन्।
आत्मकथा बिहीबारबाटै बजारमा उपलब्ध हुन थालेको बताइएको छ। पुस्तकलाई क्रियटिभ बुक्सले प्रकाशन गरेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
