पुस्तकमा हिंसाको प्रतिरोध गर्ने, शान्तिका लागि शिक्षा र अहिंसाका रणनीतिहरूको कार्यान्वयनबारे जोड दिइएको छ।
काठमाडौँ– ‘हिंसाको प्रतिरोधमार्फत शान्तिका लागि शिक्षा’ (एजुकेटिङ फर पिस थ्रु काउन्टरिङ भायोलेन्स) नामक पुस्तक सार्वजनिक भएको छ। पुस्तकमा हिंसाको प्रतिरोध गर्ने, शान्तिका लागि शिक्षा र अहिंसाका रणनीतिहरूको कार्यान्वयनबारे जोड दिइएको छ।
पुस्तक लोकार्पणपछि अध्येता तथा राजनीतिक विश्लेषक विष्णुराज उप्रेतीले शिक्षाको माध्यमबाट हिंसालाई कसरी न्यूनीकरण गर्ने र शान्तिलाई कसरी प्रवर्द्धन गर्ने भन्नेबारे पुस्तकले उजागर गर्ने बताए।
विभिन्न १० देशका प्रमाणहरूसहित सैद्धान्तिक, व्यावहारिक पक्षलाई समेटेर अन्तर्राष्ट्रिय रूपमा ल्याएको नयाँ खालको अभ्यासमार्फत पुस्तकमा हिंसालाई न्यूनीकरण गर्ने उपाय सुझाइएको उनले जनाए।
उनले शान्तिसम्बन्धी अनुसन्धानकर्ता, अभ्यासकर्ताहरूका लागि पुस्तक लाभदायी रहेको बताए। उनले धर्म, संस्कृतिलाई शान्ति प्रवर्द्धनका माध्यमका रूपमा चित्रित गरिएको उल्लेख गरे।
पुस्तकका सम्पादक राजकुमार ढुंगानाले ३१ जना लेखकले लेखेका १४ वटा च्याप्टर पुस्तकमा समावेश गरिएको जनाए। परिचय र निष्कर्षसहित १६ वटा च्याप्टर रहेको पुस्तकमा निराश भइरहेको विश्वलाई कसरी शिक्षाको माध्यमबाट आशा जगाउने भन्ने विषयवस्तु समेटिएको उल्लेख गरे।
“वातावरणीय प्रदूषण, वातावरणको विनाशको कुरादेखि संसारमा बढिरहेको हिंसाबाट मानिसमा निराशा फैलिएको छ, त्यसबाट कसरी आशा जगाउने भन्ने कुरा छ,” उनले भने, “अर्को शान्तिको लागि संसारमा मानिसहरूले काम गर्नेदेखि सफलताको कथाहरू छ। उनीहरूले के काम गर्दा कुन तरिकाले पढाउँदा शान्ति प्रवर्द्धन गर्न सकिन्छ भन्ने कुरा समेटिएको छ।”
पुस्तकको मूल्य १३० अमेरिकी डलर रहेको छ भने अनलाइनमा ३५ डलर राखिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
