ऋषि अमात्यको ‘राधा’ विमोचित

लेखक ऋषि अमात्यको पहिलो कृति ‘राधाः वर्थ अफ मयजु’को विमोचन गरिएको छ।

काठमाडौँ– लेखक ऋषि अमात्यको पहिलो कृति ‘राधाः वर्थ अफ मयजु’ सार्वजनिक भएको छ। शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबीच पुस्तकको विमोचन गरिएको हो। 

‘फेन्टेसी फिकेसन’मा आधारित यस पुस्तकलाई लेखक अमात्यले आफू जन्मेर हुर्किँदै गर्दा सुन्दै आएको कथा, किवंदन्तीमा आधारित भएर लेखेको बताएका छन्। 

सम्पदा अध्यता तथा अनुवादक अमात्य आफ्नो समाज परिवेशको कथा प्रतिविम्ब पुस्तकको खोजी गर्दागर्दै आफैँ लेखक बन्न पुगेको बताउँछन्। 

पुस्तकलाई सफु प्रकाशनले बजारमा ल्याएको हो। पुस्तकको मूल्य ६०० रुपैयाँ तोकिएको छ।