तथ्यांकसम्बन्धी पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२४’ सार्वजनिक

विभिन्न क्षेत्रको तथ्यांक संकलन गरेर तयार पारिएको पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२४’ सार्वजनिक भएको छ।

काठमाडौँ– नेपालका विभिन्न क्षेत्रको जानकारी र तथ्यांक संकलन गरेर तयार पारिएको पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२४’ सार्वजनिक भएको छ।

स्वतन्त्र निजी अनुसन्धानमूलक संस्था फ्याक्ट्स रिसर्च एन्ड एनलाइटिक्स (फ्याक्ट्स नेपाल)ले पुस्तक सार्वजनिक गरेको हो। पुस्तकको ९औँ संस्करणमा देशको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिलगायत २४ वटा विषय समेटिएका छन्।

फ्याक्ट्सले अनुसन्धान र विश्लेषणात्मक परियोजना सञ्चालन गर्नुका साथै स्थापनाकाल (सन् २०१२)देखि नै सामाजिक सञ्जाल र छापामार्फत दैनिक, साप्ताहिक र मासिक रूपमा सूचनामूलक तथ्यांकीय चित्रहरू प्रस्तुत गर्दै आएको छ।