उकालोकर्मी सुनीता साखकर्मी, पत्रकार लक्ष्मी बस्नेत र फोटोपत्रकार श्रुति श्रेष्ठले बनाएका तीनवटा डकुमेन्ट्रीले ‘क्लाइमेट चेन्ज वारियर’ अवार्ड जितेका छन्।
काठमाडौँ– उकालोकर्मी सुनीता साखकर्मी, पत्रकार लक्ष्मी बस्नेत र फोटोपत्रकार श्रुति श्रेष्ठले बनाएका तीनवटा डकुमेन्ट्रीले ‘क्लाइमेट चेन्ज वारियर’ अवार्ड जितेका छन्।
डकुमेन्ट्रीमा जलवायु परिवर्तनले महिलामा परेको प्रभावलाई विषयवस्तु बनाइएको छ। नेपालस्थित अष्ट्रेलियाली दूतावासको सहयोगमा मानव अधिकार चलचित्र केन्द्रले आयोजना गरेको ‘जलवायु परिवर्तन अनुकूलनका लागि भिडियो एड्भोकेसी परियोजना’ अन्तर्गत् तीनवटा डकुमेन्ट्रीले पाँच हजार अष्ट्रेलियन डलरसहित अवार्ड जितेको हो।
साखकर्मीको द प्राइस अफ थस्र्ट (तिर्खाको मूल्य), बस्नेतको ‘सन्तोषी’ र श्रेष्ठको ‘द लाइफ फ्लोज वीथ वाटर’ डकुमेन्ट्रीले अवार्ड जितेको हो। शुक्रबार काठमाडौँमा नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कले तीनै जनालाई अवार्ड हस्तान्तरण गरेकी थिइन्। विजेता फिल्ममेकरले पाउने पाँच हजार अष्ट्रेलियन डलरलाई उही (अवार्ड जितेकै विषय) वा फरक विषयमा डकुमेन्ट्री बनाउन खर्च गर्नुपर्ने हुन्छ।
साखकर्मीको डकुमेन्ट्री सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा पानीको अभावका कारण आङ खस्ने समस्या भोग्न बाध्य महिलाको विषयवस्तुमा आधारित छ। बस्नेतको डकुमेन्ट्री मकवानपुरको बनकरिया समुदायले जलवायु परिवर्तनका कारण भोगेका समस्या र त्यसलाई कम गर्न अपनाएको विधिका बारेमा आधारित छ। त्यस्तै श्रेष्ठले बालुवाबाट सुन चाल्ने सोनाह जातिको कथा व्यथालाई समेटेर डकुमेन्ट्री बनाएकी थिइन्।
अनुसन्धान, विषयवस्तु/परियोजनाको बुझाइ, प्रस्तुति, प्राविधिक उत्कृष्टता र विषयवस्तुसँग कथाको लिंकेजका आधारमा डकुमेन्ट्री छनोट गरेको थियो।अष्ट्रेलियाली दूतावासले गत वर्ष अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर आवेदन मागेको थियो। जसबाट विद्या राई, इनुमा राई, इन्दिरा अर्याल, लक्ष्मी बस्नेत, रुपा गहतराज, श्रुति श्रेष्ठ, सुनीता साखकर्मी र तुल्सी रौनियार छनोट भएका थिए।
उनीहरूले श्रव्य दृष्य सञ्चार प्रविधिसम्बन्धी प्रशिक्षण प्राप्त गरेका थिए। त्यसपछि जलवायु परिवर्तनले महिलामा पारेको प्रभावका बारेमा डकुमेन्ट्री बनाएका थिए। ८ जनाले १६ वटा डकुमेन्ट्री बनाएका थिए। जसमध्ये दूतावासले पाँचवटा डकुमेन्ट्री सर्ट लिस्ट गरेको थियो। त्यसमध्ये तीनवटाले अवार्ड हात पारेका हुन्।
आठै जनाको एक/एकवटा डकुमेन्ट्री डिसेम्बर १८ देखि २१ गतेसम्म हुन गइरहेको नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत प्रदर्शन हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
