बिहीबार नेप्से परिसूचक १.६६ अंकले घटेर २६०७.३७ विन्दुमा कायम भएको छ।
काठमाडौँ– साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा सामान्य गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १.६६ अंकले घटेर २६०७.३७ विन्दुमा कायम भएको हो।
यस दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। ३२६ कम्पनीको ७७ लाख ६८ हजार ६०१ कित्ता शेयर ६९ हजार ७२९ पटक खरिदबिक्री हुँदा कुल तीन अर्ब ४९ करोड ७९ लाख ७९ हजार ७५६ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। बुधबार भने तीन अर्ब ७३ करोड ८७ लाख ७२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
उस दिनको कारोबारमा पाँच समूहको उपसूचक बढ्दा बाँकी सबै समूहको उपसूचक घटेको छ। बैंकिङ ०.१५ प्रतिशत, जीवन बीमा ०.१८ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.९२ प्रतिशत, लघुवित्त ०.०९ प्रतिशत र व्यापार समूहको उपसूचक ०.०७ प्रतिशतले बढेको हो।
त्यस्तै, विकास बैंक ०.१९ प्रतिशत, वित्त ०.६५ प्रतिशत, होटल तथा पर्यटन ०.५४ प्रतिशत, जलविद्युत् ०.३६ प्रतिशत, लगानी ०.२९ प्रतिशत, म्युचुअल फन्ड ०.३८ प्रतिशत, निर्जीवन बीमा ०.१६ प्रतिशत र अन्य समूहको उपसूचक ०.६३ प्रतिशतले घटेको छ।
यस दिन स्वस्तिक लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। त्यस्तै, मुक्तिनाथ कृषि कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै ८.४२ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रह्यो। यस कम्पनीको १८ करोड ९७ लाख १६ हजार २२२ रुपैयाँ बराबरको १ लाख ६९ हजार ७७० कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
