एजेन्सीका अनुसार बाढी र पहिरोले मानवीय तथा पूर्वाधारमा व्यापक क्षति पुर्याएको छ भने उद्धार कार्य अहिले पनि जारी छ।
इन्डोनेसियाको सुमात्रा टापुका तीन प्रान्तमा आएको भीषण बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या एक हजार नाघेको छ। साथै, २१८ जना अझै बेपत्ता रहेको इन्डोनेसियाको विपद् व्यवस्थापन एजेन्सी (बीएनपीबी)ले शनिबार जानकारी गराएको हो।
एजेन्सीका अनुसार यस विपत्तिले मानवीय तथा पूर्वाधारमा व्यापक क्षति पुर्याएको छ भने उद्धार कार्य अहिले पनि जारी छ। बीएनपीबीको तथ्यांकअनुसार बाढीले करिब एक हजार २०० सार्वजनिक सुविधाहरू, २१९ स्वास्थ्य संस्थाहरू, ५८१ शैक्षिक सुविधाहरू, ४३४ मन्दिरहरू, २९० कार्यालय भवनहरू र १४५ वटा पुलहरूमा क्षति पुगेको छ।
यसैबीच, इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले शुक्रबार आचेहको विपद् प्रभावित क्षेत्रहरूको भ्रमण गरेका छन्। भ्रमणका क्रममा उनले सरकारले समुदायको विभिन्न आधारभूत आवश्यकताहरू पूरा गर्न काम गरिरहेको बताएका छन्।
राष्ट्रपति प्रबोवोले विपद्को समयमा सबैले मिलेर स्थितिमा सुधार ल्याउने आशा व्यक्त गर्दै सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले सम्पूर्ण नागरिकहरूलाई स्थिर रहन र सामान्यीकरणको प्रक्रियामा उत्साह कायम राख्न आह्वान गरेका छन्। साथै, बालबालिकाका लागि पढाइ र सिकाइ लगायत सामुदायिक गतिविधिहरू चाँडै सामान्य अवस्थामा फर्कने आशा पनि व्यक्त गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
