नेप्सेसँगै बढ्यो शेयर कारोबार

लगातार तेस्रो दिन पनि शेयरबजार परिसूचक नेप्से बढेको छ। बुधबार नेप्से ​​​​​​​५.७० अंकले बढेर २ हजार ६२५.७० विन्दुमा पुगेको हो।

काठमाडाैँ– लगातार तेस्रो दिन पनि शेयरबजार परिसूचक नेप्से बढेको छ। बुधबार नेप्से ५.७० अंकले बढेर २ हजार ६२५.७० विन्दुमा पुगेको हो।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.१८ अंक बढेको छ भने फ्लोट इन्डेक्स ०.५२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४४ अंकले बढेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। मंगलबार ३ अर्ब २९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ३३२ कम्पनीको ८५ लाख ९८ हजार कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ५ करोड ३७ लाख २० हजार रुपैयाँबराबर कारोबार भएको छ।

आज स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानल नेपालको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा धेरैले बढेको छ भने चिरख्वा हाइड्रोपावरको शेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ। कारोबारमा आएको बाराही हाइड्रोपावर पब्लिकको शेयरमूल्य भने सर्वाधिक १० प्रतिशतले घटेको छ।

१३ उपसमूहमध्ये बुधबार १० उपसमूहको परिसूचक बढ्दा ३ उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक १.७५ प्रतिशतले बढेको छ। यस्तै, होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको छ।