मोटरसाइकलमा आएका दुई सशस्त्र व्यक्तिले पिनिडालाई निशाना बनाई गोली चलाउँदा उनकी आमा र अर्की एक महिलासमेत घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
इक्वेडरका प्रख्यात फुटबलर मारियो पिनिडाको बुधबार बन्दरगाह शहर ग्वायाकिलमा गोली हानी हत्या गरिएको छ। उनी आबद्ध क्लब 'बार्सिलोना एससी'ले पिनिडामाथि भएको घातक आक्रमणको पुष्टि गरेको हो। लागुऔषध तस्करी र गिरोह हिंसाले ग्रस्त ग्वायाकिल पछिल्ला वर्षहरूमा आपराधिक गतिविधिको केन्द्र बन्दै गएको छ।
३३ वर्षीय डिफेन्डर पिनिडा सन् २०१८ र २०२२ को विश्वकप छनोट चरणमा इक्वेडरको राष्ट्रिय टोलीमा समावेश थिए। उनले सन् २०२२ मा ब्राजिलको प्रसिद्ध क्लब फ्लुमिनेन्सका लागि समेत व्यावसायिक फुटबल खेलेका थिए।
डिजिटल समाचार माध्यम 'प्रिमिसियास'का अनुसार मोटरसाइकलमा सवार दुई आक्रमणकारीले पिनिडामाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए। सोही क्रममा उनकी आमा र अर्की एक महिलासमेत घाइते भएका छन्। इक्वेडरको गृह मन्त्रालयले घटनाको गम्भीरतालाई ध्यान दिँदै विशेष प्रहरी एकाइ परिचालन गरी विस्तृत अनुसन्धान शुरू गरिएको जनाएको छ।
क्लब बार्सिलोना एससीले सामाजिक सञ्जाल 'एक्स'मा शोक सन्देश जारी गर्दै भनेको छ, “गहिरो दुःखका साथ हाम्रा खेलाडी मारियो पिनिडाको निधनको जानकारी गराउँछौँ। हामी यस दुखद घडीमा परिवारप्रति समवेदना व्यक्त गर्दै न्यायको माग गर्दछौँ।”
इक्वेडरमा पछिल्लो समय फुटबल खेलाडीहरू आपराधिक गिरोहको निशानामा पर्ने क्रम बढेको छ। यसअघि सेप्टेम्बरमा दोस्रो डिभिजनका तीन खेलाडीको हत्या भएको थियो भने अक्टोबरमा ब्रायन एङ्गुला गोली हानाहानमा घाइते भएका थिए।
कुनै समय ल्याटिन अमेरिकाकै सुरक्षित मानिने इक्वेडर कोलम्बिया र पेरुजस्ता कोकेन उत्पादक राष्ट्रहरूका लागि 'ट्रान्जिट हब' बनेपछि सुरक्षा संकटमा फसेको छ। आधिकारिक तथ्यांकअनुसार यो वर्षको सेप्टेम्बरसम्म ग्वायाकिलमा मात्र करिब एक हजार ९०० हत्याका घटना दर्ता भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
