रुसी प्रमुख अपराध अनुसन्धान समितिले कार बम विस्फोटमा युक्रेनी विशेष सेनाको संलग्नता हुन सक्ने सम्भावनाबारे खोजी भइरहेको जनाएको छ।
रुसको राजधानी मस्कोमा सोमबार एक वरिष्ठ सैनिक जनरलको कार बम विस्फोटमा परी मृत्यु भएको छ। रुसी सेनाको जनरल स्टाफको प्रशिक्षण विभागका प्रमुख लेफ्टिनेन्ट जनरल फनिल सरभारोभको कारमा राखिएको बम विस्फोट हुँदा ज्यान गएको हो।
रुसी प्रमुख अपराध अनुसन्धान समितिले यस घटनालाई लक्षित हत्याको रूपमा लिँदै अनुसन्धान शुरू गरेको छ। जनरल सरभारोभ रूसी सेनाको रणनीति र प्रशिक्षण कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उच्च अधिकारी थिए। अनुसन्धानकर्ताहरूले यस आक्रमणमा युक्रेनी विशेष सेनाको संलग्नता हुन सक्ने सम्भावनाबारे खोजी भइरहेको जनाएका छन्।
फेब्रुअरी सन् २०२२ मा मास्कोले युक्रेनमा सेना पठाएपछि युक्रेनमा रूसी सैन्य अधिकारी र प्रोक्रिमलिन समर्थकलाई लक्षित गरेर भएका धेरै आक्रमणमा किभलाई दोष लगाइएको छ। यसै क्रममा मास्को नजिक सन् २०२३ अप्रिलमा जनरल यारोस्लाव मोस्कालिक कार बममा मारिएका थिए।
सेन्ट पिटर्सबर्गमा अप्रिल सन् २०२३ मा एक मूर्तिमा विस्फोट हुँदा सैन्य ब्लगर म्याक्सिम फोमिनको मृत्यु भएको थियो। त्यस्तै, सन् २०२१ मेमा अल्ट्रानेशनलिस्ट विचारक अलेक्ज्याण्डर दुगिनकी छोरी डारिया दुगिन कार बम विस्फोटमा मारिएकी थिइन्।
यस घटनाले रूसमा सुरक्षा चुनौती र उच्च अधिकारीहरूलाई लक्षित गर्ने खतरा अझ बढेको देखाउँछ। अनुसन्धानकर्ताहरूले घटनास्थलको अवलोकन गरिसकेका छन्। विस्फोटमा प्रयोग भएका बमका अवशेषहरूको विश्लेषण गरिरहेका छन्। साथै, यस आक्रमणका सम्भावित दोषीहरू पत्ता लगाउन व्यापक अनुसन्धान जारी रहेको उनीहरूले बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
