सोमबार नेप्से परिसूचकमा १३.८८ अंकले घटेर २५८१.२१ को बिन्दुमा सीमित भएको छ।
काठमाडौँ– साताको कारोबारको एक दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १३.८८ अंकको गिरावट आएको छ। सोमबारको कारोबारपछि नेप्से परिसूचक २५८१.२१ को बिन्दुमा खुम्चिएको हो।
नेप्सेका अनुसार सोमबार ३३२ कम्पनीका ९१ लाख ६७ हजार ३५९ कित्ता शेयर ६५ हजार ३१२ पटक खरिद-बिक्री हुँदा तीन अर्ब ५१ करोड ५९ लाख ३० हजार ७१८ रुपैयाँ बराबरको कारोबार भएको छ। यस अघि आइतबार चार अर्ब ५२ करोड ८७ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।
यस दिनको कारोबारमा व्यापार समूहबाहेक अन्य सबै उपसूचकहरू ओरालो लागेका छन्। बजार घटे पनि एसवाई प्यानलको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा मानुषी लघुवित्तका लगानीकर्ता रहेका छन्, जसको शेयर मूल्य ६.८४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा यस दिन लुम्बिनी विकास बैंक अग्रस्थानमा रह्यो। बैंकको १० करोड ३० लाख ८९ हजार ११४ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। यस्तै, शेयर संख्याका आधारमा भने गरिमा समृद्धि योजनाको सबैभन्दा धेरै १२ लाख ७७ हजार १८० कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
