अन्तरिम सरकारका प्रेस सचिव शफीकुल आलमले तारिक रहमानको स्वदेश फिर्तीलाई सकारात्मक रूपमा लिँदै बीएनपीसँगको समन्वयमा सुरक्षा व्यवस्था सुदृढ गरिएको जानकारी दिए।
बांग्लादेश नेसनालिस्ट पार्टी (बीएनपी) का कार्यवाहक अध्यक्ष तारिक रहमान १७ वर्ष लामो निर्वासन अन्त्य गर्दै बिहीबार स्वदेश फर्किएका छन्। पूर्वप्रधानमन्त्री शेख हसिनाको सत्ता पतनपछि भएको उनको यो पुनरागमनलाई बांग्लादेशको राजनीतिमा महत्त्वपूर्ण घटनाका रूपमा विश्लेषण गरिएको छ।
रहमान आफ्नी धर्मपत्नी जुबैदा रहमान र छोरी जाइमा रहमानका साथ लन्डनबाट विमान बांग्लादेश एयरलाइन्सको उडानमार्फत ढाका आइपुगेका हुन्। ढाका अवतरण गर्नुअघि उनी सवार विमानले सिल्हटमा प्राविधिक अवतरण गरेको थियो।
उनको स्वागतका लागि विमानस्थल र आसपासका क्षेत्रमा बीएनपी समर्थकहरूको विशाल उपस्थिति थियो, जसका कारण विमानस्थल क्षेत्र जनसागरमा परिणत भएको थियो। भीड व्यवस्थापनका लागि प्रशासनले २४ घण्टाका लागि आगन्तुक प्रवेशमा प्रतिबन्धसमेत लगाएको थियो।
बांग्लादेशको अन्तरिम सरकारले रहमानको सुरक्षाका लागि विशेष प्रबन्ध मिलाएको छ। मुख्य सल्लाहकारका प्रेससचिव शफीकुल आलमले रहमानको स्वदेश फिर्तीलाई सरकारले सकारात्मक रूपमा लिएको र बीएनपीसँगको समन्वयमा सुरक्षा व्यवस्था सुदृढ गरिएको जानकारी दिए।
ढाका पुगेलगत्तै उनी विभिन्न स्वागत कार्यक्रममा सहभागी भएका छन्। रहमानले आगामी डिसेम्बर २७ मा मतदाता नामावली दर्ता गर्ने योजना बनाएका छन् भने फेब्रुअरी १२ मा हुने संसदीय निर्वाचनका लागि बोगुराबाट उनको मनोनयन फारमसमेत संकलन भइसकेको छ।
अवामी लिग निर्वाचनबाहिर
अर्कोतर्फ, अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको दल 'बांग्लादेश अवामी लिग'लाई आगामी संसदीय निर्वाचनमा सहभागी हुन नदिने स्पष्ट पारेको छ। प्रेस सचिव शफीकुल आलमका अनुसार पार्टीमाथि लगाइएको प्रतिबन्ध र निर्वाचन आयोगद्वारा दर्ता रद्द गरिएका कारण अवामी लिगको चुनावी सहभागिता कानूनी रूपमा सम्भव छैन। “अवामी लिगका गतिविधिमा प्रतिबन्ध लगाइएको र दर्ता खारेज भइसकेकाले आगामी निर्वाचनमा उसको सहभागिता रहने छैन,” उनले भने।
अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणमा विचाराधीन मुद्दाहरू टुंगो नलागेसम्म अवामी लिगमाथिको प्रतिबन्ध कायम रहनेछ। सरकारले आतंकवादविरोधी अध्यादेशअनुसार यो कदम चालेको हो। यता, पूर्वप्रधानमन्त्री शेख हसिनाले भने अवामी लिगबिनाको निर्वाचनलाई ‘चुनाव नभई राज्याभिषेक’को संज्ञा दिएकी छन्। उनले लोकप्रिय जनादेश प्राप्त पार्टीलाई निषेध गर्दा लाखौँ मतदाता मताधिकारबाट वञ्चित हुने र सरकारले नैतिक वैधता नपाउने दाबी गरिन्।
गत जुलाईमा भएको विद्यार्थी नेतृत्वको जनविद्रोहपछि हसिना सरकार अपदस्थ भएको थियो। बांग्लादेश अहिले फेब्रुअरी २०२६ मा हुने निर्वाचनको तयारीमा जुटेको छ, जसलाई देशको राजनीतिक भविष्यका लागि निर्णायक मोड मानिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
