वीरगन्ज भन्सारको ४४ प्रतिशतभन्दा बढी राजस्व इन्धन र सवारीसाधनको आयातबाट मात्रै प्राप्त हुने गरेको देखिन्छ।
पर्सा– वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा पेट्रोलियम पदार्थको आयातबाट मात्रै ३० अर्ब २५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यो अवधिमा वीरगन्ज नाका हुँदै ७२ अर्ब २८ करोड रुपैयाँ मूल्य बराबरका पाँच प्रकारका पेट्रोलियम पदार्थ भित्रिएका हुन्। कार्यालयको कुल राजस्वमा पेट्रोलियम पदार्थको हिस्सा ३१.३९ प्रतिशत रहेको छ।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टका अनुसार पेट्रोलियम पदार्थ र सवारीसाधनको आयात नै यस कार्यालयको राजस्वका मुख्य आधार हुन्।
राजस्व योगदानमा दोस्रो ठूलो हिस्सा सवारीसाधन तथा तिनका पार्टपुर्जाको छ। जसबाट १२ अर्ब ७४ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ, जुन कुल राजस्वको १३.२२ प्रतिशत हो।
यसैगरी, अन्य प्रमुख वस्तुहरूमा फलाम तथा फलामजन्य सामग्रीको आयातबाट पाँच अर्ब ६५ करोड रुपैयाँ र कपडा आयातबाट चार अर्ब ८५ करोड रुपैयाँ राजस्व संकलन भएको छ। समग्रमा, वीरगन्ज भन्सार कार्यालयले चालु आवको पाँच महिनामा कुल ९६ अर्ब ३८ करोड रुपैयाँ राजस्व उठाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
