आइतबार नेप्से परिसूचक ४७.५५ अंकले बढेर २६३३.४२ को विन्दुमा कायम भएको छ भने ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
काठमाडौँ— साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा उच्च अंकको वृद्धि देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आइतबार परिसूचक ४७.५५ अंक (१.८३ प्रतिशत) ले बढेर २६३३.४२ विन्दुमा बन्द भएको हो।
यस दिन ३२८ कम्पनीका एक करोड ३४ लाख ६८ हजार १४५ कित्ता शेयर ८९ हजार २५१ पटक खरिद-बिक्री हुँदा पाँच अर्ब ५३ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। बजारमा २३८ कम्पनीको शेयर मूल्य बढ्दा २१ कम्पनीको मूल्य भने घटेको छ।
यस दिन कारोबारमा आएका सबै समूहको उपसूचकमा वृद्धि देखिएको छ। जसमा वित्त समूह सबैभन्दा बढी २.७० प्रतिशतले बढेको छ भने अन्य समूह २.५५ प्रतिशत र विकास बैंक २.२८ प्रतिशतले उकालो लागेका छन्।
त्यसैगरी, लगानी, जलविद्युत्, जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा समूहमा क्रमशः १.९९, १.९७, १.९२, १.८९ र १.७० प्रतिशतको सुधार देखिएको छ। बैंकिङ १.६६ प्रतिशतले बढ्दा होटल तथा पर्यटन र लघुवित्त समान १.३८ प्रतिशतले बढेका छन्। म्युचुअल फन्ड ०.९४ र व्यापार समूहमा भने ०.७२ प्रतिशतको सामान्य वृद्धि भएको छ।
कारोबार रकमका आधारमा आइतबार युनियन हाइड्रोपावर अग्रस्थानमा रह्यो। यसको २७ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, मञ्जुश्री फाइनान्सको २४ करोड ८९ लाख, सिनर्जी पावरको २२ करोड ७५ लाख र एसवाई प्यानलको १८ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ।
यस दिन मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ९.४९ प्रतिशत कमाएका छन्। त्यस्तै जोशी हाइड्रोपावरका लगानीकर्ताले ६.९७ र अपर साङ्गे हाइड्रोका लगानीकर्ताले ६.५२ प्रतिशत नाफा आर्जन गरे। यता, विन नेपाल लघुवित्तका लगानीकर्ताले भने १० प्रतिशत (सर्किट लेभल)का दरले गुमाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
