सोमबार नेप्से परिसूचक १०.५३ अंकले घटेर २६२२.८८ को विन्दुमा कायम हुँदा चार अर्ब ७७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
काठमाडौँ– साताको पहिलो दिन उच्च अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सोमबार भने गिरावट आएको छ। सोमबार नेप्से परिसूचक १०.५३ अंकले घटेर २६२२.८८ को विन्दुमा झरेको हो।
नेप्सेका अनुसार सोमबार ३३७ कम्पनीका १ करोड ३७ हजार ३०७ कित्ता शेयर ६९ हजार ५४८ पटक खरिदबिक्री भए। यसबाट कुल चार अर्ब ७७ करोड ४७ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबार पाँच अर्ब ५३ करोड १३ लाख रुपैयाँको कारोबार भएकोमा सोमबार कारोबार रकममा पनि उल्लेख्य कमी देखिएको हो।
यस दिन विकास बैंक र म्युचुअल फन्डबाहेक अन्य सबै समूहका उपसूचकहरू ओरालो लागेका छन्। बजार घटे पनि एसवाई प्यानल नेपालको शेयर मूल्यमा सकारात्मक सर्किट (करिब १० प्रतिशत वृद्धि) लागेको छ। यता, विन नेपाल लघुवित्तको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानलको सबैभन्दा बढी २३ करोड दुई लाख ४१ हजार ९३६ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको तीन लाख दुई हजार ९०० कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
