यी देशले लगाए अमेरिकी नागरिकलाई यात्रामा प्रतिबन्ध

सैन्य शासनमा रहेका यी देशहरूले अमेरिकी नागरिकलाई आफ्नो देशमा प्रवेश गर्न नदिने बताएका छन्।

माली र बुर्किना फासोले अमेरिकी नागरिकहरूलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाएका छन्। यी देशहरूले अमेरिकी नागरिकहरूलाई आफ्नो देशमा प्रवेश गर्न नदिने बताएका छन्।

ट्रम्प प्रशासनले दुवै देशमा यात्रा प्रतिबन्ध लगाएको छ र त्यसको प्रतिक्रियास्वरूप दुवै देशले यो कदम चालेका हुन्।

बुर्किना फासोका विदेश मामिला मन्त्री कारामोको जीन-मारी ट्राओरेले आफ्नो सरकार पारस्परिकताको सिद्धान्तमा काम गरिरहेको बताए। यसैबीच, मालीको विदेश मन्त्रालयले 'पारस्परिक सम्मान र सार्वभौम समानता'को लागि आह्वान गरेको छ।

केही दिनअघि छिमेकी देश नाइजरले पनि अमेरिकीलाई यस्तै यात्रा प्रतिबन्ध लगाएको थियो। यी तीनै देशहरू सैन्य शासनमा छन्।