काराकासलगायतका क्षेत्रमा अमेरिकी आक्रमणपछि भेनेजुएलाले यसबारे छलफल गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन माग गरेको छ।
काराकासलगायतका क्षेत्रमा अमेरिकी आक्रमणपछि भेनेजुएलाले यसबारे छलफल गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन माग गरेको छ। भेनेजुएलाका विदेशमन्त्रीले अन्तर्राष्ट्रिय कानूनको सम्मान हुनुपर्नेमा जोड दिँदै तत्काल सुरक्षा परिषद्को बैठक आवश्यक रहेको बताए।
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी सेनाको आक्रमणपछि एक विज्ञप्ति जारी गर्दै काराकास हमलाको मुख्य उद्देश्य आफ्नो देशको प्राकृतिक स्रोतसाधन कब्जा गर्ने अमेरिकी रणनीति भएको दाबी गरेका छन्।
यद्यपि, न्यूयोर्क टाइम्ससँगको संक्षिप्त फोन अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा ‘नार्को–आतंकवाद षड्यन्त्र’विरुद्धको आक्रमण सफल भएको बताए। उनले भने, “वास्तवमा यो एक शानदार कारबाही थियो। भेनेजुएलामा धेरै राम्रो योजना र महान् कार्य भएको छ, हाम्रो सेनाले उत्कृष्ट काम गरेको छ।” तर, ट्रम्पले यस आक्रमणका लागि अमेरिकी संसद् (कंग्रेस)को अनुमोदन मागिएको थियो कि थिएन भन्ने प्रश्नको भने कुनै जवाफ दिएनन्।
अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले मादुरो र उनकी पत्नी सेलिया फ्लोरेसलाई न्यूयोर्कको दक्षिणी जिल्ला अदालतमा ‘नार्को–आतंकवाद षड्यन्त्र’, कोकिन आयात गर्ने योजना र मेसिनगन आपूर्तिसँग सम्बन्धित गम्भीर अभियोग लगाइएको जानकारी दिइन्। “उनीहरूले चाँडै नै अमेरिकी भूमिमा अमेरिकी न्यायको पूर्ण प्रहारको सामना गर्नुपर्नेछ,” बोन्डीले सामाजिक सञ्जाल 'एक्स'मा लेखेकी छन्।
मादुरोविरुद्ध सन् २०२० मै अभियोग दर्ता गरिएको थियो। ट्रम्प प्रशासनले गत अगस्टमा उनलाई पक्राउ गर्न सघाउनेलाई दिइने पुरस्कारको राशि दोब्बर बनाउँदै पाँच करोड अमेरिकी डलर पुर्याएको थियो। उनीमाथि ‘कार्टेल अफ द सन’ नामक लागूऔषध तस्करी संगठनको नेतृत्व गरेको आरोप छ।
यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई उद्धृत गर्दै सिनेटर माइक लीले भने, “भेनेजुएलाको आक्रमण ‘पक्राउ पुर्जी कार्यान्वयन गर्नेहरूको रक्षा र सुरक्षा’का लागि गरिएको थियो। मादुरो अहिले अमेरिकी हिरासतमा रहेका कारण भेनेजुएलामा अब थप सैन्य कारबाही हुने छैन।”
विदेशमन्त्री रुबियोले पनि सामाजिक सञ्जालमार्फत मादुरो भेनेजुएलाको वैध राष्ट्रपति नभएको र त्यहाँका चुनावहरू अनियमितताले भरिएको दाबी दोहोर्याएका छन्। यस्तै, अमेरिकी उप–विदेशमन्त्री क्रिस्टोफर ल्यान्डौले भेनेजुएलाका लागि ‘नयाँ बिहानी’ शुरू भएको र तानाशाहको अन्त्य भएको टिप्पणी गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
