आइतबार नेप्से परिसूचक १०.२९ अंकले घटेर २६१०.६३ को बिन्दुमा कायम भएको छ।
काठमाडौँ– साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। आइतबार नेप्से परिसूचक १०.२९ अंकले घटेर २६१०.६३ को बिन्दुमा कायम भएको हो।
यस दिन ३२३ कम्पनीको एक करोड दुई लाख ७४ हजार १२६ कित्ता शेयर ७९ हजार ७०२ पटक खरिदबिक्री हुँदा पाँच अर्ब एक करोड ७५ लाख ८७ हजार २९४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
यस दिनको कारोबारमा होटल तथा पर्यटन समूह ०.६२, उत्पादन तथा प्रशोधन १.०४ र व्यापार समूह ०.३४ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ।
बैंकिङ ०.१४, विकास बैंक ०.८०, वित्त ०.१३, जलविद्युत ०.४९, लगानी ०.३२, जीवन बीमा ०.८८, लघुवित्त ०.३२, म्युचुअल फन्ड ०.२९, निर्जीवन बीमा ०.८६ र अन्य समूह १.६९ प्रतिशतले घटेको छ।
विन नेपाल लघुवित्त र श्रीनगर एग्रीटेक इन्डस्ट्रिजको शेयर मूल्यमा यस दिन सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने न्यादी हाइड्रोपावर रहेको छ। यसको शेयर मूल्य ४.३२ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सबैभन्दा धेरै एसवाई प्यानल नेपालको शेयर कारोबार भयो। यो कम्पनीको शेयर ३० करोड, ६५ लाख, ८५ हजार, ७६ रुपैयाँ बराबरको किनबेच भएको हो।
त्यस्तै, कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै एनआईसी एशिया बैंकको ६ लाख ३४ हजार ७४९ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
