अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी तेल कम्पनीहरूले अब भेनेजुएलाको विशाल कच्चा तेल भण्डारको उपयोग र उत्खनन गर्न पाउने घोषणा गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी तेल कम्पनीहरूले अब भेनेजुएलाको कच्चा तेल भण्डारको उपयोग र लगानी गर्न पाउने घोषणा गरेका छन्। शनिबार एक पत्रकार सम्मेलनमार्फत उनले अमेरिकी कम्पनीहरूलाई भेनेजुएलामा प्रवेशको बाटो खुला गरिएको जानकारी दिएका हुन्।
यो घोषणा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई अमेरिकी सैन्य कारबाहीमार्फत नियन्त्रणमा लिई न्युयोर्क पुर्याइएको घटनालगत्तै आएको हो। अमेरिकी सेनाले शनिबार बिहान भेनेजुएलाको राजधानी काराकासमा हवाई आक्रमण गरी मादुरो दम्पतीलाई नियन्त्रणमा लिएको थियो। उनीहरूमाथि लागूऔषध तस्करी र हतियारसम्बन्धी गम्भीर मुद्दा चलाइएको छ।
राष्ट्रपति ट्रम्पले विश्वकै ठूला अमेरिकी तेल कम्पनीहरूले भेनेजुएलामा अर्बौं डलर लगानी गरी त्यहाँको तेल पूर्वाधार सुधार गर्ने बताए। “यस लगानीबाट देशका लागि आम्दानी सिर्जना हुनेछ, तर भेनेजुएलाको तेलमाथि लगाइएको प्रतिबन्ध भने पूर्ण रूपमा कायम रहनेछ,” उनले भने।
अमेरिकाले भेनेजुएलामा सन् २०१७ मा आर्थिक र २०१९ मा तेल निर्यातमा प्रतिबन्ध लगाएको थियो। हाल भेनेजुएलाले दैनिक १० लाख ब्यारेलभन्दा कम तेल उत्पादन गर्दै आएको छ, जसको ठूलो हिस्सा कालो बजारमा सहुलियत दरमा बिक्री हुने गरेको छ। ट्रम्पका अनुसार भेनेजुएलाले तेलबाट हुने आम्दानी लागूऔषध आतंकवाद, मानव तस्करी र अन्य आपराधिक गतिविधिमा खर्च गरिरहेको छ।
ट्रम्पको दोस्रो कार्यकालको शुरूआतसँगै सन् २०२५ मा बहुराष्ट्रिय तेल कम्पनीहरूलाई दिइएको अनुमति समाप्त गरिएको थियो। तर, अमेरिकी कम्पनी ‘चेभ्रोन’लाई भने विशेष अनुमति दिइएको थियो। चेभ्रोनले भेनेजुएलाको सरकारी कम्पनी पीडीभीएसएसँगको साझेदारीमा चार वटा तेल क्षेत्रमा काम गरिरहेको छ। अमेरिकाले प्रतिबन्धित ट्यांकरहरूमार्फत हुने व्यापारमा पनि पूर्ण रोक लगाएको छ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईएईए)का अनुसार विश्वको कुल तेल भण्डारको करिब १७ प्रतिशत हिस्सा भेनेजुएलामा छ। तर, दशकौँदेखिको कुव्यवस्थापन र भ्रष्टाचारका कारण यो देश प्रमुख उत्पादक बन्न सकेको छैन।
विश्लेषकहरूका अनुसार भेनेजुएलाको कच्चा तेल 'हेभी' (बाक्लो र कम गुणस्तरको) हुने भएकाले यो मुख्यतया डिजेल उत्पादनमा प्रयोग गरिन्छ। अमेरिकाको गल्फ अफ मेक्सिको आसपासका रिफाइनरीहरू विशेष गरी यस्तै प्रकारको तेल प्रशोधन गर्नका लागि डिजाइन गरिएका छन्, जसले गर्दा अमेरिकी कम्पनीहरूको प्रवेश भेनेजुएला र अमेरिका दुवैका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
