तोलामा ४ हजार ६०० ले बढ्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम भएको छ।

काठमाडौँ– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। आज सुन तोलामा ४ हजार ६०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम भएको छ। आइतबार सुनको मूल्य २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको थियो।

यसैगरी चाँदीको मूल्य पनि १८५ रुपैयाँले बढेको छ। आइतबार ४ हजार ५०० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ४ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको छ।