म्यानमारमा सैन्य जुन्ताले गराएको पहिलो चरणको विवादास्पद निर्वाचनमा सेना समर्थित ‘युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी’ (यूएसडिपी) ले ९० प्रतिशत सिटसहित जित हासिल गरेको छ।
म्यानमारमा सैन्य जुन्ताको नेतृत्वमा भइरहेको पहिलो चरणको निर्वाचनमा सेना समर्थित ‘युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी’ (यूएसडीपी)ले भारी जित हासिल गरेको छ। सोमबार सार्वजनिक अन्तिम परिणामअनुसार, यूएसडीपीले तल्लो सदनका लागि निर्वाचन भएका १०२ स्थानमध्ये ८९ सिट अर्थात् करिब ९० प्रतिशतमा जित हासिल पारेको हो।
सन् २०२१ मा आङ सान सुकीको निर्वाचित सरकारलाई ‘कू’मार्फत अपदस्थ गरेपछि सेनाले पहिलो पटक तीन चरणमा निर्वाचन गराइरहेको छ। दोस्रो चरणको निर्वाचन जनवरी ११ र तेस्रो चरणको मतदान जनवरी २५ का लागि तय गरिएको छ। बाँकी सिटमा प्रायः जातीय अल्पसंख्यकहरूको प्रतिनिधित्व गर्ने दलहरू विजयी भएका छन्।
पश्चिमा कूटनीतिज्ञ र प्रजातन्त्रवादी पक्षधरहरूले भने यो निर्वाचन प्रक्रियालाई नै अस्वीकार गरेका छन्। सुकीको दल ‘नेशनल लिग फर डेमोक्रेसी’ (एनएलडी)लाई विघटन गरिएको, नागरिक सरकारलाई बलपूर्वक हटाइएको र विपक्षीमाथि दमन जारी रहेको अवस्थामा गरिएको यो मतदानलाई सैन्य शासनलाई वैधानिकता दिने ‘चाल’का रूपमा व्याख्या गरिएको छ।
विश्लेषकहरूका अनुसार यूएसडीपीका वरिष्ठ पदहरूमा सेवानिवृत्त सैन्य अधिकारीहरूको बाहुल्य रहेकाले यसलाई सेनाकै 'प्रोक्सी' (प्रतिनिधि) दल मानिन्छ। जनवरी २५ को अन्तिम चरणको मतदानपछि मात्र समग्र परिणाम सार्वजनिक हुनेछ। म्यानमारको वर्तमान संविधानअनुसार तल्लो सदनको २५ प्रतिशत सिट र महत्त्वपूर्ण मन्त्रालयहरू अझै पनि सेनाकै लागि आरक्षित छन्।
सन् २०२० को निर्वाचनमा सुकीको एनएलडीले यूएसडीपीलाई लज्जास्पद हार चखाएको थियो। हाल ८० वर्षीया सुकी जेलमा छिन् र उनको दलले यस निर्वाचनलाई पूर्ण रूपमा बहिष्कार गरेको छ। मुलुकमा जारी गृहयुद्ध र विद्रोही समूहहरूको अवरोधका कारण जुन्ता सरकारले देशका सबै क्षेत्रमा मतदान हुन नसक्ने स्वीकार गरिसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
