मंगलबार नेप्से परिसूचक ९.९३ अंकले बढेर २६४९.३० विन्दुमा पुगेको छ भने सात अर्ब १२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
काठमाडौँ– शेयर बजार परिसूचक नेप्सेमा मंगलबार पनि सुधार देखिएको छ। अघिल्लो कारोबार दिन सोमबारको वृद्धिलाई निरन्तरता दिँदै मंगलबार नेप्से परिसूचक ९.९३ अंकले बढेर २६४९.३० को विन्दुमा पुगेको हो।
यस दिन सेन्सेटिभ इन्डेक्स २.३१ अंक, फ्लोट इन्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७९ अंकले उकालो लागेका छन्। नेप्सेसँगै मंगलबार कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ। सोमबार ६ अर्ब ४७ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ३३४ कम्पनीको एक करोड ४८ लाख ३१ हजार कित्ता शेयर सात अर्ब १२ करोड ३३ लाख ६५ हजार रुपैयाँमा किनबेच भएको छ।
यस दिन १३ उपसमूहमध्ये ११ वटाको परिसूचक बढेको छ भने दुई वटाको घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक २.८७ प्रतिशतले बढ्दा होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचकमा भने सामान्य गिरावट देखिएको छ।
मंगलबार जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेको छ। त्यस्तै, थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशत र हिमालयन ८०–२० को इकाईमूल्य करिब साढे ७ प्रतिशतले बढेको छ। यता, रुरु जलविद्युत् परियोजनाको शेयरमूल्य भने सर्वाधिक ८.४१ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा २४ करोड ८८ लाख रुपैयाँसहित एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रह्यो। यस्तै, बुटवल पावर कम्पनीको २३ करोड ५० लाख र शिवम् सिमेन्ट्सको २३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
