परियोजनाको मूल उद्देश्य नेपालको लेखा तथा वित्तीय सेवालाई केन्द्रमा राखेर विश्वसनीय आउटसोर्सिङ गन्तव्यको रूपमा ब्रान्डिङ गर्नुलगायत रहेको छ।
काठमाडौँ– नेपाली लेखा तथा लेखापरीक्षण सेवालाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी रूपमा स्थापित गर्दै सेवा निर्यातमार्फत रोजगारी र आयआर्जन बढाउने लक्ष्यसहित नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले ‘ग्लोबल अकाउन्टिङ इनिसियटिभ इन नेपाल’ (गेन) परियोजना सार्वजनिक गरेको छ।
काठमाडाैँमा बुधबार आयोजित एक कार्यक्रममार्फत परियोजनाको औपचारिक शुरूआत गरिएको हो। आइक्यानका अनुसार परियोजनाको मूल उद्देश्य नेपालको लेखा तथा वित्तीय सेवालाई केन्द्रमा राखेर विश्वसनीय आउटसोर्सिङ गन्तव्यको रूपमा ब्रान्डिङ गर्नु, रणनीतिक साझेदारी विकास गर्नु र दिगो रोजगारी सिर्जना गर्नु रहेको छ।
गेन परियोजनाले पाँच वर्षभित्र वार्षिक ५० हजारभन्दा बढी तथा आगामी दश वर्षमा एक लाख ५० हजारभन्दा बढी रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ। यसै अवधिमा सेवा निर्यातमार्फत बर्सेनि करिब रु ८० अर्ब बराबरको आय देशमा भित्र्याउने योजनासमेत छ।
परियोजनाअन्तर्गत अकाउन्टिङ आउटसोर्सिङका लागि आवश्यक नियामक तथा संस्थागत संरचना विकास, सुरक्षित डिजिटल पूर्वाधार निर्माण, विश्वस्तरका मापदण्डमा जनशक्ति प्रशिक्षण र गुणस्तरीय सेवा विस्तारलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ। साथै, आउटसोर्सिङ हब, डिजिटल प्लेटफर्म र इनक्युबेसन सेन्टर स्थापना गरी नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गरिनेछ।
आइक्यानका अध्यक्ष नीलबहादुर सारु मगरले गेन परियोजनालाई आगामी आर्थिक वर्षदेखि नियमित कार्यक्रमका रूपमा अघि बढाइने जानकारी दिए। उनका अनुसार विश्व बजारमा भारत, बांग्लादेश, भियतनाम र फिलिपिन्सजस्ता मुलुकले देखाएको प्रभावकारी उपस्थिति हेर्दा नेपालले पनि प्रतिस्पर्धा गर्न सक्ने प्रशस्त सम्भावना रहेको छ।
“नेपालमै बसेर विश्वका विभिन्न देशका संस्थालाई लेखा सेवा दिन सकिने वातावरण बनाउनुपर्छ,” उनले भने, “नेपाललाई दक्षिण एसियाको आउटसोर्सिङ हबका रूपमा स्थापित गर्ने उद्देश्यका लागि सीप विकास र नीतिगत स्पष्टता अपरिहार्य छ।”
कार्यक्रममा आइक्यानका नायब निर्देशक सन्तोष विष्टले संस्थाले हाल २०८१–२०८५ का लागि तयार गरिएको पाँचवर्षे रणनीति कार्यान्वयनमा रहेको बताउँदै ठूला अर्थतन्त्र भएका मुलुकलाई नेपालले किफायती र गुणस्तरीय अकाउन्टिङ सेवा दिन सक्ने सम्भावना बलियो रहेको उल्लेख गरे।
परियोजनाले बेलायत, अस्ट्रेलिया, अमेरिका, युरोपेली संघलगायत सम्भावित बजार लक्षित डिजिटल प्रचारप्रसार गर्ने, उच्च गुणस्तरका प्रचार सामग्री उत्पादन गर्ने र विदेशमा रहेका नेपाली समुदायसँग सहकार्यमार्फत अवसर विस्तार गर्ने योजना बनाएको छ। साथै, विश्वस्तरमा प्रयोग हुने लेखा सफ्टवेयर र आउटसोर्सिङसम्बन्धी विशेष प्रमाणपत्र कार्यक्रम सञ्चालन, राष्ट्रिय प्रतिभा दर्ता प्रणाली निर्माण तथा आउटसोर्सिङका पाठ्यक्रम विकासालाई अघि सारिएको छ।
कर छुट, मूल्य अभिवृद्धि करसम्बन्धी स्पष्टता, वैदेशिक विनिमय प्रक्रिया सरलीकरण, डेटा संरक्षण कानुन सुदृढीकरण, नेपाली कम्पनीलाई विदेशमा शाखा सञ्चालनको सुविधा र वैदेशिक लगानी शीघ्र स्वीकृत गर्नेलगायत नीतिगत सुधारले परियोजना सफल हुने अपेक्षा आइक्यानले गरेको छ।
साथै आइक्यानले परियोजना कार्यान्वयनपछि नेपाली अडिट फर्म र यस पेसामा लागेका व्यक्तिबाट अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति बढाउँदै सेवा निर्यातमार्फत मुलुकको अर्थतन्त्र सुदृढीकरणमा योगदान पुग्ने विश्वास गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
