दोहोरो अंकले घट्यो शेयरबजार

आजको कारोबारमा वित्त र व्यापार समूहको उपसूचक सामान्य बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १३.३५ अंकले घटेर दुई हजार ६३५.९५ को बिन्दुमा कायम भएको छ।

आज ३२३ कम्पनीको एक करोड छ लाख ३३ हजार ७१७ कित्ता शेयर ७२ हजार ४७४ पटक खरिदबिक्री हुँदा पाँच अर्ब १७ करोड ५० लाख ९१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आजको कारोबारमा वित्त र व्यापार समूहको उपसूचक सामान्य बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ।

आज सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका ६.०८ प्रतिशतले बढेको छ भने सबभन्दा बढी एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्य ८.४५ प्रतिशतले घटेको छ।