तर पार्टी संस्थापनले भने यसलाई विधानविपरीत भन्दै सहभागी नहुन कार्यकर्ताहरूलाई अपील गरेको छ।
काठमाडाैँ– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते काठमाडाैँको भृकुटीमण्डपमा पार्टीको विशेष महाधिवेशन आह्वान गरेका छन्।
उनीहरूले बुधबार संयुक्त वक्तव्य जारी गर्दै औपचारिक रूपमै विशेष केन्द्रीय महाधिवेशनको आह्वान गरेका हुन्। साथै सबै महाधिवेशन प्रतिनिधिहरूलाई सहभागी हुन पनि भनेका छन्।
तर पार्टी संस्थापनले भने यसलाई विधानविपरीत र औचित्यहीन भन्दै सहभागी नहुन कार्यकर्ताहरूलाई अपील गरेको छ। केन्द्रीय कार्यालयका तर्फबाट मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "पार्टीको विधानमा व्यवस्था भएबमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केवल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको छ।"
यता महामन्त्रीद्वयद्वारा जारी वक्तव्यमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले महाधिवेशन माग गरेकाले यसलाई असान्दर्भिक वा औचित्यहीन भन्ने अधिकार विधानले कसैलाई प्रदान नगरेको बताएका छन्। साथै, पार्टी विधानले विधानसम्मत प्रक्रिया पूरा गरी माग भएको विशेष महाधिवेशन नहुने परिकल्पना नै नगरेको पनि वक्तव्यमा उल्लेख छ। साथै, पार्टी विधानको धारा १७ उपधारा (२) बमोजिम तत्कालै महाधिवेशन गर्नु एकमात्र विकल्प रहेको पनि बताएका छन्।
केन्द्रीय कार्यसमितिबाट विशेष महाधिवेशन गराउन आफूहरूले अधिकतम प्रयास गरे पनि कार्यसमितिबाट त्यो सम्भव नभएको भन्दै लोकतान्त्रिक पार्टीको जिम्मेवार पदाधिकारीको हैसियतले यो महाधिवेशन गर्नु वैधानिक र नैतिक दायित्व भएको महामन्त्रीद्वयले बताएका छन्।
महामन्त्रीद्वयले भनेका छन्, "जस्तोसुकै कठिन अवस्थामा पनि पार्टीलाई एक ढिक्का राख्न हामी कटिबद्ध एवं प्रतिबद्ध छाैँ।" केही दिनअघि दुवै जनाले पार्टीको विशेष महाधिवेशनबारे कानून व्यवसायीसँग परामर्श तथा छलफल गरेका थिए।
आजै महाधिवेशन पक्षधरहरूले विशेष महाधिवेशनका लागि भनेर विभिन्न उप समितिहरू पनि गठन गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
