नेप्से परिसूचकमा सुधार देखिए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा खुम्चिएको छ।
काठमाडौँ– साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार घटेको नेप्से यस दिन ४.५९ अंकले वृद्धि भई २६४०.५४ विन्दुमा पुगेको हो।
यस दिन सेन्सेटिभ इन्डेक्स ०.९२ अंक, फ्लोट इन्डेक्स ०.४५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३५ अंकले वृद्धि भएका छन्।
नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा खुम्चिएको छ। बुधबार ५ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३२८ कम्पनीको ६९ हजार २६१ पटकको कारोबारमार्फत चार अर्ब ९० करोड ८० लाख रुपैयाँ बराबरको एक करोड ४ लाख ३१ हजार कित्ता सेयर खरिद-बिक्री भएको छ।
कुल १३ उपसमूहमध्ये बिहीबार सात उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको घटेको छ। बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूह सकारात्मक देखिएका छन्।
होटल तथा पर्यटन समूहको उपसूचक सर्वाधिक ०.४० प्रतिशतले बढेको छ। त्यस्तै, वित्त समूहको उपसूचक सर्वाधिक ०.४४ प्रतिशतले घटेको छ।
यस दिन सान्भी इनर्जी लिमिटेडको शेयर मूल्य सर्वाधिक ८.१६ प्रतिशतले बढेको छ। त्यस्तै, एसवाई प्यानल नेपालको सेयर मूल्य ५.७१ प्रतिशतले वृद्धि भयो। अन्य कम्पनीहरूको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहँदा मूल्य घट्ने कम्पनीहरूको गिरावट दर पनि ४ प्रतिशतभन्दा कमै देखिएको छ।
कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २० करोड ६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसपछि बन्दीपुर केबलकार एन्ड टुरिजमको १७ करोड ६० लाख र सान्भी इनर्जीको १५ करोड ५० लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भयो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
