रुद्राक्षको खेती [तस्वीरहरू]

धार्मिक, सांस्कृतिक तथा आर्थिक रूपमा महत्त्वपूर्ण मानिने रुद्राक्ष भोजपुरका किसानको आम्दानीको प्रमुख स्रोत बनेको छ।

रुद्राक्षको खेती [तस्वीरहरू]
नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– भोजपुर रुद्राक्ष खेतीको लागि प्रख्यात छ। सुन्तला र अलैँचीका अलावा यहाँ रुद्राक्षको खेती पनि ठूलो मात्रामा हुने गरेको छ। 

धार्मिक, सांस्कृतिक तथा आर्थिक रूपमा महत्त्वपूर्ण मानिने रुद्राक्ष किसानको आम्दानीको प्रमुख स्रोत बनेको छ। रुद्राक्ष उत्पादनका लागि उपयुक्त हावापानी र माटो रहेको भोजपुरमा यसको व्यावसायिक खेती बढ्दो क्रममा छ।

null

उत्तरी भोजपुरको षडानन्द नगरपालिकालाई रुद्राक्षको राजधानीका रूपमा लिइन्छ। रुद्राक्षको व्यापारबाट आफ्नो पालिकाका नागरिकले सिजनमै करिब १ अर्ब आम्दानी गरेको नगरप्रमुख सुरेन्द्र कुमार उदास बताउँछन्। 

“यो नगरपालिका नेपालको रुद्राक्षको राजधानी हो। यहाँ रुद्राक्षका करिब एक लाख बिरुवा छन्,” उनी भन्छन्, “एकदेखि २९ मुखेसम्मका रुद्राक्ष बिक्री गरेका छौँ। मुख अनुसार मूल्य पनि फरक हुने गरेको छ। एकजना किसानले २१ मुखे रुद्राक्ष ७४ लाखमा पनि बिक्री गर्नु भएको छ।”

null

रुद्राक्षको खेती भोजपुरका अन्य पालिकामा पनि विस्तार हुँदै गएको छ। रुद्राक्ष एक पटक उत्पादन शुरू भएपछि वर्षौंसम्म आम्दानी लिन सकिने किसान बताउँछन्।

धार्मिक सँगसँगै सजावट र शृंगारका लागि पनि यसको उपयोग हुन्छ। रुद्राक्षबाट माला, ब्रासलेट, कन्ठी, झुम्का, औँठी, पूजा सामग्रीलगायत बनाउने गरिन्छ।

भोजपुरमा उत्पादन भएको रुद्राक्ष तथा यसका सामग्री काठमाडौँ, धरान, विराटनगरसहित विभिन्न बजारका साथै भारत र चीनसमेत निर्यात हुने गरेका छन्।

nullnullnullnull