विशेष महाधिवेशनबाट पारित कार्यविधिमा देउवा नेतृत्वको केन्द्रीय समिति विघटनकै प्रस्ताव अघि बढेपछि देउवाले आकस्मिक बैठक बोलाएर छलफल गर्न लागेका हुन्।
काठमाडौँ– भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रले नेतृत्व फेर्नेसहितको कार्यविधि पारित गरेपछि पार्टी सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूको बैठक बोलाएका छन्।
दिउँसो ३ बजे महाराजगन्जस्थित निवासमा बैठक बोलाइएको एक केन्द्रीय सदस्यले जानकारी दिए। विशेष महाधिवेशनबाट पारित कार्यविधिमा देउवा नेतृत्वको केन्द्रीय समिति विघटनकै प्रस्ताव अघि बढेपछि देउवाले आकस्मिक बैठक बोलाएर छलफल गर्न लागेका हुन्।
बन्दसत्रले ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि–२०८२’ पारित गरेको छ। यसमा केन्द्रीय कार्यसमितिको विघटन गर्ने प्रावधान समावेश गरिएको छ। कार्यविधिमा कांग्रेसको १४औँ महाधिवेशन विसं २०७८ (मंसिर २४–२८) देखिको निर्वाचित मौजुदा केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेकाले केन्द्रिय कार्यसमितिको विघटन गर्ने र कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न नहुँदासम्मका लागि नयाँ केन्द्रिय कार्यसमिति निर्वाचित गर्ने प्रावधान उल्लेख छ।
यसैगरी, विशेष केन्द्रीय महाधिवेशनको अध्यक्षता पार्टीको सभापतिले गर्ने तथा उनी अनुपस्थित भएको खण्डमा महाधिवेशनमा उपस्थित ज्येष्ठ सदस्यले गर्ने व्यवस्था उल्लेख छ।
यसैगरी, ज्येष्ठ सदस्यको अध्यक्षतामा विशेष केन्द्रीय महाधिवेशनको बन्दसत्र सञ्चालन भएको अवस्थामा बन्दसत्र कार्यक्रमको सहजता र निरन्तरताका लागि महाधिवेशन प्रतिनिधिमध्ये पाँच सदस्यीय अध्यक्षता मण्डल गठन गरिने कार्यविधिमा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
