३ बजेसम्म मनोनयनपत्र दर्ता र ४:३० बजे मतदाताको प्रथम नामावली प्रकाशन हुनेछ। यस्तै, राति ९ देखि १ बजेसम्म मतदान हुने कार्यतालिका शार्वजनिक भएको छ।
काठमाडाैँ– नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रिया अगाडि बढाएको छ।
विशेष केन्द्रीय महाधिवेशन केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीको संयोजकत्वमा आजै सम्पन्न हुने गरी निर्वाचन हुने भएको हो। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको कार्यालय, काठमाण्डौमा भर्खरै बसेको बैठकले निर्वाचन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित), नियमावली २०७६ तथा नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२ एवं नेपाली काँग्रेस विशेष केन्द्रीय महाधिवेशन निर्वाचन निर्देशिका, २०८२ बमोजिम निर्वाचन भृकुटीमण्डपमा हुन लागेको हो। १२:३० मा प्रथम मतदाता नामावली प्रकाशन १:३० सम्म त्यसउपर दावी विरोध तथा छानबिन हुनेछ। त्यस्तै दिउँसो २ बजे अन्तिम मतदाता नामावली प्रकाशन हुने कार्यक्रम रहेको छ। ३ बजेसम्म मनोनयनपत्र दर्ता र ४:३० बजे मतदाताको प्रथम नामावली प्रकाशन हुनेछ। एवम् रितले राति ९ बजेदेखि १ बजेसम्म मतदान हुने कार्यतालिका शार्वजनिक भएको छ।
यस विशेष महाधिवेशनले नेपाली कांग्रेस पार्टी फुट्ने आशंका र चर्चा पनि हुन थालेको छ। यसैबीच विशेष महाधिवेशन र देउवापक्षबीच पार्टीलाई विभाजन हुन नदिने विषयमा वार्ताको शृंखला पनि चलिरहेको छ।
आजै केही बेरअघि बसेको वार्ता निष्कर्षविहीन बनेको थियो। केहीबेरमै अर्को चरणको वार्ता हुने बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
