दक्षिण अमेरिकासँगको व्यापार सम्झौताले घरेलु कृषि प्रणाली धराशयी हुने भन्दै फ्रान्सेली किसानले करिब ३५० ट्रयाक्टरसहित राजधानी पेरिसको सडक हुँदै संसद् भवनसम्म प्रदर्शन गरेका छन्।
पेरिस – फ्रान्सेली किसानहरूले कम आय र दक्षिण अमेरिकासँग हुने युरोपेली संघ (ईयू) को व्यापार सम्झौताको विरोध गर्दै मंगलबार पेरिसमा विशाल प्रदर्शन गरेका छन्। करिब ३५० ट्याक्टरसहित सडकमा उत्रिएका किसानहरूले राजधानीका मुख्य सडक हुँदै संसद् भवनसम्म पुगेर आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन्।
दक्षिण अमेरिकी 'मर्कोसुर' समूहसँग हुन लागेको व्यापार सम्झौताले आफ्नो जीविकोपार्जन र घरेलु कृषि प्रणालीलाई गम्भीर असर पार्ने किसानहरूको दाबी छ। प्रहरीको कडा सुरक्षा घेरामा ट्याक्टरहरू चलाइएका कारण प्रसिद्ध च्याम्प्स–एलिसीजसहित पेरिसका ठूला सडकमा सवारी आवागमन प्रभावित हुनुका साथै घण्टौँसम्म ट्राफिक जाम भएको थियो।
फ्रान्ससहित अन्य युरोपेली मुलुकहरूमा पनि पछिल्ला महिनामा किसानहरूको असन्तोष बढ्दै गएको छ। बढ्दो उत्पादन लागत, घट्दो आम्दानी, कडा वातावरणीय नियम र अन्तर्राष्ट्रिय व्यापार सम्झौताका कारण आफूहरू दबाबमा परेको किसानहरूको गुनासो छ। प्रदर्शनको नेतृत्व गरिरहेका किसान युनियनहरूले फ्रान्सको खाद्य सुरक्षाको रक्षा गर्न सरकारसँग तत्काल 'ठोस कदम' चाल्न माग गरेका छन्।
यता फ्रान्सेली सरकारकी प्रवक्ता मौड ब्रेजनले सरकारले किसानहरूको अवस्थालाई ध्यानमा राख्दै चाँडै नयाँ सहयोग कार्यक्रम घोषणा गर्ने तयारी गरिरहेको जानकारी दिए।
राष्ट्रपति इमानुएल म्याक्रोनले ईयू र दक्षिण अमेरिकी मुलुकहरू (ब्राजिल, अर्जेन्टिना, बोलिभिया, पाराग्वे र उरुग्वे) बीचको यस व्यापार सम्झौताको विरोध गर्दै आएका छन्। यद्यपि, अधिकांश सदस्य राष्ट्रको समर्थनका कारण उक्त सम्झौतामा आउँदो शनिबार पाराग्वेमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ।
युरोपेली किसानहरूले यो सम्झौताले सस्तो र कम गुणस्तरको आयात बढाउने र स्थानीय बजारमा प्रतिस्पर्धा गर्न नसकिने भन्दै चिन्ता व्यक्त गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
