सभापतिबाट शेरबहादुर देउवाले राजीनामा दिनुपर्ने प्रमुख मागमा दुवै पक्षबीच सहमति नजुटेपछि आजको वार्ता पनि निष्कर्षविहीन भएको हो।
काठमाडाैँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगनकुमार थापा तथा विश्वप्रकाश शर्माबीचको वार्ता पनि निष्कर्षविहीन भएको छ।
विशेष महाधिवेशन र पार्टी विवादको विषयलाई लिएर दुवै पक्षका नेताहरूबीच हिजोदेखि चरणबद्ध वार्ता भए पनि सहमति नभएपछि आज बिहान सभापति देउवा र महामन्त्रीद्वय एवं वार्तामा सहभागी अन्य नेताहरूबीच वार्ता भएको थियो। वार्तामा कुनै सहमति नभई निष्कर्षविहीन भएको महाधिवेशन पक्षधरका वार्तामा सहभागी एक नेताले जानकारी दिए।
सभापतिबाट शेरबहादुर देउवाले राजीनामा दिनुपर्ने प्रमुख मागमा दुवै पक्षबीच सहमति नजुटेपछि आजको वार्ता पनि निष्कर्षविहीन भएको हो। विशेष महाधिवेशन पक्षधरले शेरबहादुर देउवाले सभापतिबाट राजीनामा दिनुपर्ने सक्रिय राजनीति त्यागेको घोषणा गर्नुपर्ने प्रमुख शर्त अगाडि सारेको थियो।
वार्तामा सहभागी ती नेताका अनुसार आफूले कुनै पनि हालतमा राजीनामा नदिने देवाले अडान लिएको बताए। कुराकानी नमिलेपछि वार्ता स्थलबाट महामन्त्रीद्वय एवं उनको समूहका नेताहरू भृकुटीमण्डपस्थित बन्दसत्र स्थलमा फर्किएका छन्।
यता भृकुटीमण्डपमा सोमबारदेखि शुरू भएको बन्दसत्र आज बुधबार पनि बिहानैदेखि जारी छ। जस अन्तर्गत उम्मेदवारको मनोनयन दर्ताको काम अघि बढेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
