माघे संक्रान्तिको रौनक : बजारमा बढ्यो कन्दमूल र चाकुको व्यापार

माघे संक्रान्तिको अघिल्लो दिन राजधानीका कालीमाटी र असन लगायतका बजारमा तरुल, सखरखण्ड, पिँडालु जस्ता कन्दमूलका साथै चाकु र तिलको लड्डुको व्यापार बढेको छ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ— माघे संक्रान्ति पर्व नजिकिएसँगै राजधानीका कालीमाटी फलफूल तथा तरकारी बजार र असन लगायतका क्षेत्रमा चहलपहल बढेको छ। विशेष गरी माघे संक्रान्तिमा खाइने तरुल, सखरखण्ड, पिँडालुका साथै चाकु र तिलको लड्डु जस्ता खाद्य वस्तुको व्यापारमा वृद्धि भएको छ।

नेपालको प्रमुख चाडमध्ये एक रहेको यस पर्वलाई माघे संक्रान्ति, मकर संक्रान्ति वा माघी नामले चिनिन्छ। ज्योतिष शास्त्रअनुसार सौर्यमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यसलाई ‘मकर संक्रान्ति’ भनिएको हो।

माघे संक्रान्तिका दिन विशेष गरी माटोमुनि फल्ने कन्दमूलहरू (तरुल, सखरखण्ड, पिँडालु)का साथै घिउ–चाकु र तिलको लड्डु खाने प्राचीन परम्परा छ। कार्बोहाइड्रेटको राम्रो स्रोत मानिने यी कन्दमूलहरू जाडो मौसममा शरीरका लागि लाभदायक मानिन्छन्। संक्रान्तिको पूर्वसन्ध्यामा पुस मसान्तकै दिन यी कन्दमूलहरू पकाएर राख्ने र भोलिपल्ट अर्थात् संक्रान्तिका दिन बिहानै खाने प्रचलन छ।

अहिले उपत्यकाको मुख्य तरकारी बजार कालीमाटीमा तरुलको बिक्री उल्लेख्य मात्रामा भइरहेको छ। व्यवसायीहरूका अनुसार कालीमाटीमा विशेष गरी सर्लाही, धादिङ, नुवाकोट र सिन्धुपाल्चोकबाट तरुल ल्याइने गरिएको छ। बजारमा तरुलको प्रकार र गुणस्तरअनुसार प्रतिपाँच केजी २०० देखि ५०० रुपैयाँसम्ममा व्यापार भइरहेको छ। हेर्नुहोस् तस्वीर:nullnullnullnullnullnullnullnullnullnull