खेलकुद मन्त्री गुप्ताले दिए राजीनामा

राजीनामा पत्रमा उनले आजसम्म कुनै पनि दलमा सक्रिय नरहे पनि आगामी प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि दलगत आबद्धता रहने भएकाले राजीनामा दिएको उल्लेख गरेका छन्।

काठमाडौँ– युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्। गत कात्तिक ९ गते मन्त्री भएका गुप्ताले सोमबार राजीनामा दिएका हुन्।

पछिल्लो समय उनी अमेरिका भ्रमणमा जाने विषय विवादमा परेका थिए। अमेरिका जाने विषयमा विवाद बढेपछि उनीसँग प्रधानमन्त्री सुशीला कार्की पनि असन्तुष्ट थिइन्।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहसँग निकट मानिन्छन् र रास्वपामार्फत आगामी फागुन २१ को चुनावमा उठ्न लागेका पनि छन्। गुप्ताले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको राजीनामा पत्रमा उनले आजसम्म कुनै पनि दलमा सक्रिय नरहे पनि आगामी प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि दलगत आबद्धता रहने भएकाले राजीनामा दिएको उल्लेख गरेका छन्।

भदाै २३-२४ को जेनजी आन्दोलनपछि गठित नागरिक सरकारमा रहेका मन्त्रीमध्ये दलगत आबद्धता भएसँगै यसअघि कुलमान घिसिङले राजीनामा दिएका थिए।