स्पेनको दक्षिणी क्षेत्रमा आइतबार राति भएको रेल दुर्घटनामा मृतकको संख्या ३९ पुगेको छ। प्रधानमन्त्री पेड्रो सान्चेजले घटनाप्रति दुःख व्यक्त गर्दै तीन दिनको राष्ट्रिय शोक घोषणा गरेका छन्।
स्पेनको दक्षिणी क्षेत्रमा आइतबार राति भएको रेल दुर्घटनामा मृतकको संख्या ३९ पुगेको छ। एउटा रेलको पछिल्लो डिब्बा ट्र्याकबाट उछिट्टिएर विपरीत दिशाबाट आउँदै गरेको अर्को तीव्र गतिको रेलसँग ठोक्किएर दुर्घटना भएको स्पेनी प्रहरीले सोमबार जानकारी दिएको छ।
ठक्करपछि दोस्रो रेलका डिब्बाहरू ट्र्याकबाट उछुट्टिएर करिब चार मिटर (१३ फिट) तल भिरालोमा खसेका थिए। एन्डालुसियाका क्षेत्रीय अध्यक्ष जुआन्मा मोरेनोका अनुसार दुर्घटनास्थलबाट सयौँ मिटर टाढासम्म केही शवहरू फेला परेका छन्। उनले भग्नावशेषलाई ‘कच्याककुचुक भएको धातुको थुप्रो’का रूपमा वर्णन गर्दै अझै पनि भित्र शवहरू हुन सक्ने बताए।
सोमबार दिनभर भग्नावशेषबाट शव निकाल्ने प्रयास जारी रहेको र मृतकको संख्या बढ्न सक्ने अधिकारीहरूले जनाएका छन्। अधिकारीहरूले पीडित परिवारका सदस्यहरूलाई भेटेर उनीहरूको पहिचानका लागि ‘डीएनए’ नमूना उपलब्ध गराउन आग्रह गरेका छन्।
दुर्घटना आइतबार साँझ ७:४५ बजे भएको थियो। मालागाबाट राजधानी म्याड्रिडतर्फ २८९ यात्रु बोकेर गइरहेको रेलको पछिल्लो भाग लिकबाट बाहिर निस्किएपछि म्याड्रिडबाट हुएल्भा जाँदै गरेको अर्को रेलसँग ठोक्किएको रेल अपरेटर 'एडिफ'ले जनाएको छ।
स्पेनी यातायात मन्त्री ओस्कार पुएन्टेका अनुसार करिब २०० यात्रु बोकेको दोस्रो रेलको अगाडिको भागमा सबैभन्दा बढी क्षति पुगेको छ। टक्करपछि अगाडिका दुई डिब्बा ट्र्याकबाट बाहिर उछिट्टिएका थिए। पुएन्टेले ती डिब्बाहरूमा सवार यात्रुहरूको मृत्यु हुने सम्भावना सबैभन्दा बढी देखिएको बताए। अधिकारीहरूले सोमबार बिहानसम्म सबै जीवितहरूको उद्धार गरिसकिएको जानकारी दिएका छन्।
तीन दिनको राष्ट्रिय शोक घोषणा
युरोपमै उच्च गतिको रेल सञ्जालमा अग्रणी मानिने स्पेनमा भएको दुर्घटनाले राष्ट्रलाई नै स्तब्ध बनाएको छ। स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति सम्मान प्रकट गर्दै तीन दिनको राष्ट्रिय शोक घोषणा गरेका छन्।
“आज सम्पूर्ण स्पेनका लागि पीडाको दिन हो,” दुर्घटनास्थल नजिकैको गाउँ आदामुजको भ्रमणका क्रममा सान्चेजले भने। सो गाउँका स्थानीयले रातभरि घाइते र यात्रुहरूको उद्धारमा आपत्कालीन टोलीलाई सहयोग गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
