दावोसमा विश्व आर्थिक फोरमको ५६औँ वार्षिक बैठकमा उपस्थित भएका ट्रम्पले युरोप सही दिशामा नगइरहेको भन्दै आफूले अहिलेको युरोपलाई नचिन्ने बताए।
निर्धारित समयभन्दा केही घण्टा ढिलो स्विटजरल्यान्डको दावोस पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपको बारेमा विश्व आर्थिक मञ्चमा टिप्पणी गरेका छन्। यतिबेला दावोसमा विश्व आर्थिक फोरमको ५६औँ वार्षिक बैठक भइरहेको छ।
बैठकमा उपस्थित ट्रम्पले युरोप सही दिशामा नगइरहेको भन्दै आफूले अहिलेको युरोपलाई नचिन्ने बताए। "मलाई युरोप मन पर्छ, म चाहन्छु कि यो राम्रो होस्, तर यो सही बाटोमा छैन," उनले भने, "म कसैको अपमान गर्न चाहन्न। तर मेरा साथीहरू युरोपका विभिन्न भागहरूबाट फर्कन्छन् र भन्छन् कि उनीहरू त्यहाँको अवस्था चिन्न सक्दैनन्।"
उनले यसको कारण अनियन्त्रित सामूहिक बसाइँसराइ र रेकर्ड बजेट तथा व्यापार घाटा रहेको उल्लेख गरे। "हाम्रो संसारका केही भागहरू हाम्रै आँखाअगाडि नष्ट भइरहेका छन् र नेताहरूले यसको बारेमा केही गरिरहेका छैनन्," ट्रम्पले भने।
यस्तै, विश्वका विभिन्न देशलाई ट्यारिफ लगाउने आफ्नो निर्णयलाई धेरै विज्ञहरूले मन्दी निम्त्याउने भन्दै आलोचना गरेका भए पनि अहिले उनीहरूलाई गलत साबित गरिदिएको ट्रम्पले बताए।
उनले ग्रीनल्यान्डको विषयमा पनि बोले। विगत दुई शताब्दीमा अमेरिकी राष्ट्रपतिहरूले ग्रीनल्यान्ड किन्न प्रयास गरेको भन्दै त्यहाँ डेनमार्कको कुनै नामोनिशान नरहेको बताए। उनले भने, "अमेरिकाले मात्र त्यो क्षेत्रको रक्षा गर्न सक्छ।"
आफूले नचाही नचाही यो कुरा निकाल्नुपरेको भन्दै उनले थपे, "म यो भाषणबाट ग्रीनल्यान्डलाई हटाउन चाहन्थें तर यदि मैले त्यसो गरेको भए, नकारात्मक टिप्पणीहरू हुने थिए।"
ट्रम्पले ग्रीनल्यान्ड र डेनमार्कका जनताको सम्मान गर्ने पनि बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
