यस वर्षको समारोहमा युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेन प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।
काठमाडौँ– भारतले संविधान लागू भएको ऐतिहासिक दिनको स्मरणमा आज ७७औँ गणतन्त्र दिवस मनाउँदैछ। राजधानी नयाँ दिल्लीस्थित कर्तव्य पथमा आयोजना हुने मुख्य समारोहको नेतृत्व राष्ट्रपति द्रौपदी मुर्मुले गर्नेछिन्।
यस वर्षको समारोहमा युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेन प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। राष्ट्रपति भवनदेखि राष्ट्रिय युद्ध स्मारकसम्म फैलिएको कर्तव्य पथ भारतको संविधान, सांस्कृतिक विविधता, सैन्य शक्ति र विकास यात्रालाई झल्किने गरी सजाइएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा गणतन्त्र दिवसको शुभकामना दिइसकेका छन्। "गणतन्त्र दिवसको अवसरमा सबै देशवासीलाई धेरै धेरै बधाई," लेखेका छन् , "भारतको गौरव र गौरवको प्रतीक यो राष्ट्रिय पर्वले तपाईंहरू सबैको जीवनमा नयाँ ऊर्जा र उत्साह भरोस्। म कामना गर्दछु कि विकसित भारतको संकल्प अझ बलियो होस्।"
समारोह बिहान १०ः३० बजे शुरू हुनेछ। प्रधानमन्त्री मोदीले राष्ट्रिय युद्ध स्मारकमा सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेपछि परेड अवलोकन गर्नेछन्। परेडमा थलसेना, नौसेना र वायुसेनाका आकर्षक झाँकी, अत्याधुनिक हतियार प्रणाली, मिसाइल, ट्यांक, ड्रोन प्रविधि र स्वदेशमै विकसित रक्षा उपकरण प्रदर्शन गरिने भारतीय सञ्चार माध्यमले जनाएका छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार परेडमा हालै गठन गरिएका सैन्य एकाइहरूका मोडेलहरू साथै 'अपरेशन सिन्दूर' को समयमा तैनाथ गरिएका प्रमुख हतियार प्रणालीहरू पनि समावेश हुनेछन्।
यस वर्ष पहिलो पटक भारतीय सेनाको रणभूमि व्यूह रचना अर्थात् ‘फेज्ड ब्याटल एरे’ प्रस्तुत गरिनेछ। साथै, परमवीर चक्र र अशोक चक्र प्राप्त वीरहरूलाई सम्मान गरिनेछ। यसका साथै ३० वटा जति झाँकीको प्रस्तुत गरिनेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
