गाजामा युद्धविरामबीच इजरायलले गरेको पछिल्लो आक्रमणमा दुई परिवारका सदस्य र बालबालिकासहित कम्तीमा २० प्यालेस्टिनीको मृत्यु भएको छ।
गाजाका विभिन्न क्षेत्रमा शनिबार इजरायलले गरेको आक्रमणमा कम्तीमा २० प्यालेस्टिनीको मृत्यु भएको छ। अक्टोबरमा युद्धविरामको प्रयास शुरू भएयताकै यो सबैभन्दा ठूलो मानवीय क्षति भएको समाचार संस्था एपीले अस्पताल स्रोतलाई उद्धृत गर्दै जनाएको छ।
अस्पतालका अधिकारीहरूका अनुसार गाजा सिटीको एक अपार्टमेन्ट र खान युनिसको विस्थापित शिविरमा घातक आक्रमणहरू भएका छन्। मृतकहरूमा दुई परिवारका दुई महिला र ६ बालबालिका रहेका छन्। यस्तै, गाजा सिटीको एक प्रहरी चौकीमा भएको हवाई आक्रमणमा थप आठ जनाको मृत्यु भएको छ।
इजिप्टसँगको सीमामा रहेको रफाह नाका खोल्ने तयारी भइरहेका बेला यो आक्रमण भएको हो। लामो समयदेखि बन्द रहेको यो नाकालाई प्यालेस्टिनीहरूले उपचार र राहतका लागि मुख्य 'जीवनरेखा' मान्दै आएका छन्। अमेरिकाको मध्यस्थतामा भइरहेको युद्धविराम सम्झौताको दोस्रो चरण अन्तर्गत सीमा नाका खोल्ने र गाजाको पुनर्निर्माणका लागि नयाँ संयन्त्र बनाउने योजना छ।
अस्पताल स्रोतका अनुसार शिफा अस्पतालमा ल्याइएका मृतकहरूमध्ये गाजा सिटीको अपार्टमेन्टमा मारिएका एकै परिवारका तीन बालबालिका, उनीहरूका काकी र हजुरआमा छन्। उता नासेर अस्पतालले पाल शिविरमा लागेको आगोमा परी एक बुबा, उनका तीन छोराछोरी र तीन नातिनातिनाको मृत्यु भएको पुष्टि गरेको छ।
हमासले शनिबारको आक्रमणलाई ‘युद्धविराम सम्झौताको ठाडो उल्लंघन’ भन्दै इजरायललाई रोक्न मध्यस्थकर्ता राष्ट्रहरूलाई आग्रह गरेको छ। यता इजरायली सैन्य अधिकारीले भने हमासबाट भएको युद्धविराम उल्लंघनको प्रतिक्रिया स्वरूप रातभर आक्रमण गरिएको दाबी गरेका छन्। इजरायली सेनाका अनुसार रफाहमा सुरुङबाट निस्किएका तीन लडाकुहरूलाई मारिएको छ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर १० मा युद्धविराम शुरू भएयता इजरायली गोलीबारीबाट ५०९ प्यालेस्टिनीको ज्यान गइसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
