यूएईको कम्पनीलाई टर्मिनल सञ्चालनको जिम्मा दिने निर्णयविरुद्ध बांग्लादेशको चट्टोग्राम बन्दरगाहका कामदारले हडताल गर्दा वैदेशिक व्यापार र ढुवानी सेवा ४० प्रतिशतले प्रभावित भएको छ।
ढाका– बांग्लादेशको मुख्य चट्टोग्राम बन्दरगाहमा आइतबार कामदारहरूको हडतालका कारण सेवा ठप्प भएको छ। संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेको लजिस्टिक कम्पनीलाई बन्दरगाहको एक कन्टेनर टर्मिनल हस्तान्तरण गर्ने विषयमा विवाद हुँदा कामदारहरू आन्दोलित भएका हुन्।
हडतालका कारण बन्दरगाहबाट हुने आपूर्ति र निर्यातका गतिविधि प्रभावित भएका छन्। जहाज व्यवस्थापक र टर्मिनल सञ्चालकहरूको प्रतिनिधित्व गर्ने एफबीसीसीआईका अध्यक्ष फजले एकराम चौधरीले बन्दरगाहको सेवा क्षमतामा ४० प्रतिशतले कमी आएको बताए।
पहिले चटगाउँ भनेर चिनिने र बंगालको खाडीमा रणनीतिक रूपमा अवस्थित यस बन्दरगाहमा विदेशी स्वामित्वको विरोध भएको यो पछिल्लो चरण हो। विश्वको दोस्रो ठूलो कपडा निर्यातकर्ता बंगलादेश आफ्नो अधिकांश वैदेशिक व्यापारका लागि यसै बन्दरगाहमा निर्भर छ।
बांग्लादेशको उच्च अदालतले गत हप्ता ‘चट्टोग्राम पोर्ट अथोरिटी’ र यूएईस्थित ‘डीपी वर्ल्ड’बीच बन्दरगाहको ‘न्यू मुरिङ कन्टेनर टर्मिनल’ (एनसीटी) सञ्चालनको ठेक्का कानूनी भएको फैसला गरेपछि हडताल आह्वान गरिएको थियो। आइतबार कार्गो र कन्टेनरमा सामान लोड–अनलोड गर्ने काम लगभग ठप्प रह्यो भने ढुवानी सेवासमेत रोकियो।
चट्टोग्राम पोर्ट अथोरिटीका प्रवक्ता उमर फारुकले यसबारे कुनै टिप्पणी गर्न चाहेनन्। यद्यपि, अन्य बन्दरगाह अधिकारीहरूले राजस्व क्षतिको आकलन गर्न र हडतालका लागि जिम्मेवार व्यक्तिहरूको पहिचान गर्न एक समिति गठन गरिएको बताए। प्रहरीले बन्दरगाह वरपरका सबै सभा, र्याली र भेलामा प्रतिबन्ध लगाएको छ।
उच्च अदालतको निर्णयले एनसिटीका लागि सन् २००७ मा डीपी वर्ल्डसँग शुरू भएको २५ वर्षे लिज सम्झौतामा रहेका कानूनी अवरोधहरू हटाएको छ। तर, प्रमुख राजनीतिक दलसँग आबद्ध केही श्रमिक संगठनहरूले सोमबार पनि हडताल जारी राख्ने घोषणा गरेका छन्।
श्रमिक नेता इब्राहिम खोकोनले नयाँ सञ्चालकको आगमनसँगै रोजगारी गुम्ने डर रहेको बताए। “यदि विदेशी कम्पनीले कार्यभार सम्हाल्यो भने बन्दरगाहका कामदारहरूलाई अनिवार्य अवकाश लिन बाध्य पारिनेछ। पैसा विदेश जानेछ र राष्ट्रिय राजस्वमा समेत असर पर्नेछ,” खोकोनले विज्ञप्तिमा भने।
बन्दरगाह प्राधिकरणका अनुसार बांग्लादेशको अन्तर्राष्ट्रिय व्यापारको करिब ९५ प्रतिशत हिस्सा चारवटा टर्मिनलमार्फत सञ्चालन हुन्छ। नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले भने बन्दरगाहको सेवा र दक्षता सुधार गर्न अनुभवी एवं व्यावसायिक अपरेटरको आवश्यकता रहेको तर्क गर्दै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
