प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

शर्मालाई चार वर्षका लागि सीईओ नियुक्त गरिएको हो। उनले माछापुच्छ्रे र तत्कालीन सनराइज बैंकको सीईओ भएर काम गरिसकेका छन्।

काठमाडौँ– प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन्। मंगलबार बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओमा नियुक्त गरेको हो। 

शर्मालाई चार वर्षका लागि सीईओ नियुक्त गरिएको हो। उनले माछापुच्छ्रे र तत्कालीन सनराइज बैंकको प्रमुख कार्याकारी अधिकृत भएर काम गरिसकेका छन्। 

बैंकका तत्कालीन सीईओ अशोक शेचरनले आइतबार पदबाट राजीनामा दिएका थिए। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुरमा अनुसान्धान शुरू गरेपछि उनी निलम्बनमा परेका थिए। 

त्यसपछि गत मंसिर १४ मा निरज लम्साललाई कामु सीईओको जिम्मेवारी दिइएको थियो। सोही खाली रहेको सीईओ पदमा शर्मा नियुक्त भएका हुन्।