रुसी सेनाको जनरल स्टाफका उप-प्रमुख भ्लादिमिर अलेक्सेभमाथि मस्कोस्थित आफ्नै निवास बाहिर अज्ञात समूहले गोली प्रहार गरेको छ।
रूसका एक वरिष्ठ जनरलमाथि शुक्रबार बिहान मस्कोस्थित एक अपार्टमेन्ट भवनमा गोली प्रहार भएको छ। गम्भीर घाइते भएका उनलाई तत्काल अस्पताल भर्ना गरिएको अधिकारीहरूले बताएका छन्। पछिल्लो समय रुसी सैन्य नेतृत्वमाथि भएको यो घटनालाई नियोजित हत्या प्रयासका रूपमा हेरिएको छ।
प्रमुख अपराधहरूको अनुसन्धान गर्ने रूसको 'अनुसन्धान समिति'का अनुसार रूसी जनरल स्टाफका वरिष्ठ अधिकारी जनरल भ्लादिमिर अलेक्सेभमाथि एक अज्ञात व्यक्तिले कैयौँ पटक गोली प्रहार गरी फरार भएका थिए। समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पीडितलाई अस्पताल भर्ना गरिएको छ र उनको उपचार भइरहेको छ।”
घटनामा संलग्न सन्दिग्धहरूको पहिचानबारे हालसम्म कुनै विवरण सार्वजनिक गरिएको छैन। फेब्रुअरी २०२२ मा युक्रेनमाथि पूर्ण आक्रमण शुरू गरेयता धेरै उच्च पदस्थ रूसी सैन्य अधिकारीहरू मारिएका छन्, जसमध्ये केही घटनाको जिम्मेवारी किभले लिएको छ।
जनरल अलेक्सेभ एक अनुभवी सैन्य अधिकारी हुन्। उनी हाल रूसी जनरल स्टाफको पहिलो उप–प्रमुखको जिम्मेवारीमा छन्। यसअघि उनले सिरियामा रूसको सैन्य हस्तक्षेपका क्रममा गुप्तचर कारबाहीको नेतृत्व गर्दै राष्ट्रपति बशर अल–असदलाई सहयोग पुर्याएका थिए। साथै, सन् २०२३ मा वागनर समूहका प्रमुख येवगेनी प्रिगोझिनले गरेको विद्रोह शान्त पार्न वार्ता टोलीमा उनलाई खटाइएको थियो।
अनुसन्धान समितिकी प्रवक्ता स्वेतलाना पेट्रेन्कोले अपराधीहरूको पहिचान र खोजीका लागि सबै सुरक्षा संयन्त्र परिचालन गरिएको जानकारी दिएकी छन्।
यसअघि गत महिना मात्रै, रुसी सेनाका जनरल इगोर किरिलोभको हत्या गरेको अभियोगमा उज्बेकिस्तानका एक नागरिकलाई आजीवन कारावासको सजाय सुनाइएको थियो। किरिलोभको सन् २०२४ मा मस्कोमा स्कुटरमा जडान गरिएको बम विस्फोटमा परी मृत्यु भएको थियो। जसको योजनाबद्ध दाबी युक्रेनले गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
