सूर्योदय हेर्न गजराम पर्वत (तस्वीरहरू)

समुद्री सतहबाट ३ हजार १२ मिटर उचाइमा रहेको यस स्थानबाट विशेष गरी जाडोयाममा सूर्योदयको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ।

सूर्योदय हेर्न गजराम पर्वत (तस्वीरहरू)
नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– काभ्रेपलान्चोकको बेथानचोक गाउँपालिका–३ र ५ को सिमानामा अवस्थित गजराम पर्वत पर्यटकको रोजाइमा पर्न थालेको छ। 

समुद्री सतहबाट ३ हजार १२ मिटर उचाइमा रहेको यस स्थानबाट विशेष गरी जाडोयाममा सूर्योदयको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। कुहिरो चिर्दै उदाउने सूर्य, प्रस्ट देखिने हिमशृंखला र चारैतिर फैलिएको हरियालीले पर्यटकलाई मन्त्रमुग्ध बनाउँछ।

nullनारायणस्थान काभ्रेपलान्चोक जिल्लाकै उच्च स्थानमध्ये एक हो, जहाँको शान्त वातावरण र प्राकृतिक सौन्दर्यले बाह्य पर्यटकलाई पनि आकर्षित गरिरहेको छ। प्रकृतिप्रेमी तथा साहसिक यात्रामा रुचि राख्नेका लागि गजराम पर्वत आकर्षक गन्तव्य बन्न सक्छ।

nullnullnullnull