जलवायु परिवर्तनका कारण बढ्दो बाढी र अत्यधिक वर्षाले घातक पशुजन्य संक्रमण ‘लेप्टोस्पाइरोसिस’को जोखिम बढाउँदै लगेको अस्ट्रेलियामा गरिएको एक अनुसन्धानले देखाएको छ।
अस्ट्रेलियाको एक विश्वविद्यालयले गरेको विस्तृत अनुसन्धानले जलवायु परिवर्तनका कारण विश्वभर बढ्दो आँधी, अत्यधिक वर्षा र बाढीले मानव स्वास्थ्यमा गम्भीर असर पारिरहेको देखाएको छ।
अष्ट्रेलियाको न्यु इंग्ल्याण्ड विश्वविद्यालयको नेतृत्वमा गरिएको अध्ययनअनुसार यस्ता प्राकृतिक विपद्ले विशेष गरी ‘लेप्टोस्पाइरोसिस’ नामक जीवाणुजन्य संक्रामक रोग फैलिन अनुकूल वातावरण सिर्जना गरिरहेका छन्। यो रोग मुख्यतः दूषित पानी र माटोमार्फत मानिसमा सर्ने गर्छ र बाढीपछि यसको जोखिम अझ बढ्ने अनुसन्धानकर्ताहरूको निष्कर्ष छ।
अनुसन्धानअनुसार ‘लेप्टोस्पाइरोसिस’का जीवाणु न्यानो वातावरणमा लामो समयसम्म जीवित रहन सक्छन्। अत्यधिक वर्षा र बाढीका कारण यी जीवाणु पानीका मुहान, खेतबारी, बस्ती र खानेपानीका स्रोतसम्म फैलिने सम्भावना रहन्छ। यसले गर्दा बाढी प्रभावित क्षेत्रका मानिसमा संक्रमण तीव्र रूपमा फैलिन सक्छ। विशेष गरी सरसफाइको कमी भएका क्षेत्रमा यसको जोखिम अझ बढी देखिएको छ।
वैज्ञानिकहरूका अनुसार किसान, पशुपालक, जनावरसँग प्रत्यक्ष सम्पर्कमा रहने व्यक्ति, मासु प्रशोधन गर्ने कामदार तथा नदी, पोखरी र खोलामा काम गर्ने वा नुहाउने व्यक्तिहरू यस रोगको उच्च जोखिममा पर्छन्। हालसम्म यो रोगविरुद्ध मानिसका लागि प्रभावकारी खोप उपलब्ध नभएकाले रोकथामका लागि जनचेतना, सरसफाइ र प्रारम्भिक परीक्षण अत्यन्त आवश्यक रहेको अध्ययनले औँल्याएको छ।
यस रोगका प्रारम्भिक लक्षणहरू सामान्य ज्वरो, टाउको दुखाइ र शरीर दुखाइ जस्ता देखिने हुनाले धेरैजसो अवस्थामा समयमै पहिचान हुन नसक्ने जोखिम रहन्छ। यदि समयमै उपचार नगरिएमा यसले कलेजो, मिर्गौला र स्नायु प्रणालीमा गम्भीर क्षति पुर्याउन सक्छ भने जटिल अवस्थामा ज्यानसमेत जान सक्ने चेतावनी अनुसन्धानकर्ताहरूले दिएका छन्। त्यसैले बाढी तथा अत्यधिक वर्षापछि प्रभावित क्षेत्रका मानिसहरूले स्वास्थ्य परीक्षण गराउनुपर्ने र सरकारले जोखिमयुक्त क्षेत्रमा निगरानी तथा रोकथाम कार्यक्रम थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
